A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह रोक्न घरमै प्रहरी र प्रतिनिधि

१४ वर्षीया बालिकालाई अभिभावक अन्माउने तयारीमा थिए। सप्तरीको राजविराज नगरपालिका ५ स्थित बिहे घर जन्तीको प्रतिक्षामा थियो। झमक्क साँझ परेको थियो। मैथिल ब्राह्मण समुदायमा भीडभाड गरेर र बाजागाजा बजाएर जन्ती जाने चलन नभएकाले धेरैले बिहे भएको पत्तो पनि पाउँदैनन्। अचानक केही अपरिचित मानिस बिहेघर प्रवेश गरे, बेहुली खोज्न थाले। घरमा पन्डाल टाँगिएको थिएन, जग्गे गाडिएको थिएन। बिहेको कुनै चहलपहल थिएन। बिहे रोक्न गएको टोली गलत सूचना पाएको भनेर फर्किए। सूचना दिने छिमेकीले पुनः आजै राति बिहे भइरहेको दाबी गरे। दोहोर्‍याएर पुगेको टोली देखेर बेहुली पक्षका मानिस तनावमा परे। उमेर नपुगेको भए मात्र विवाह रोकिने भन्दै आँगनमा उभिएर वडाध्यक्ष समिर झाले बेहुली देखाउन भने।परिवारले हत्तपत्त उमेर पुगेकी किशोरीलाई बेहुली भनेर चिनाए। बेहुली भनिएकी ती किशोरीको साजसज्जा हेर्दा पत्यार लागेन। बाल सञ्जालकी अनिषा ठाकुर र नेहा झा घरभित्र पसे। कोठा–कोठा चहारे। एउटा कोठामा लुकाएर राखिएको अवस्थामा बेहुलीको श्रृंगारमा सजिएकी एक बालिका फेला परिन्। गोप्य रूपले छोरीको विवाह गर्ने सूरमा रहेका अभिभावक झस्किए। त्यसपछि वादविवाद सुरु भयो।विवाहका लागि सबै तयारी पूरा भएको र जन्ती आउनै लागेकाले विवाह नरोकिने बेहुलीका बुबाले अडान लिए। जागिरे र सम्पन्न युवक फेला परेकाले विवाह नरोक्न आमाले बिन्ती गरिन्। आफन्तले पनि एकपटक विवाह रोकिएपछि सामाजिक रूपमा अप्ठेरो पर्ने भएकाले विवाह नरोक्न आग्रह गरे। भर्खरै वडालाई बालविवाह मुक्त घोषणा गरिएको थियो। वडा अध्यक्ष झाले पनि बालविवाह रोक्नुपर्ने बाध्यता सुनाए। सञ्जालका सदस्यले कुनै पनि बहानामा गैरकानुनी बालविवाह गर्न नपाइने भन्दै सम्झाउन थाले।विवाद बढदै गएपछि प्रहरी बोलाइयो। केहीबेरमा इन्स्पेक्टर बाबुराम कार्कीसहित महिला प्रहरीहरू बिहेघरमा देखा परे। कानुनी प्रावधान बताएपछि बेहुलीका अभिभावक हच्किए। मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा विवाह गर्नेको उमेर २० वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने उल्लेख छ। त्यस्तो विवाह स्वतः बदर हुने र कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ।कानुनका अगाडि उनीहरू विवाह रोक्न तयार भए र जन्तीलाई बिहे रोकिएको खबर गरे। बालविवाह रोक्न सफल भएको जानकारी दिँदै अनिषाले भनिन्, ‘अभिभावकहरू जानाजानी आफ्नो छोराछोरीको बालविवाह गरेर भविष्य अन्धकार बनाउनु खोज्नु दुःखद् हो ।’ निगरानीका लागि बालिकाका अभिभावकलाई हाल दैनिक हाजिरीमा राखिएको इन्स्पेक्टर कार्की बताउँछन्। बिहेका लागि भएको लेनदेन पनि फिर्ता भएको र कक्षा ८ मा अध्ययनरत बालिका पुनः विद्यालय जान थालेकी छन्।

२०७६ फागुन १४ गते १०:१४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: