समाचारमा बालबालिका

सिर्सिया नदीमा शिशुको शव भेटियो

वीरगञ्जमा एक वर्षीय शिशु मृत भेटिएका छन् । भारत बिहार रतनपुरी घर भइ वीरगञ्ज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षीय छोरा प्रशान्त साह मृत भेटिएका हुन् । वीरगञ्ज -१६ पशुपतिनगर छेउ दशगजास्थित सिर्सिया नदीबाट बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शव देखेपछि स्थानीयले नदीको डिलमा निकालेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।एकै परिवारका तीनवटा बच्चा एकै साथ हराएको उजुरी प्रहरीकोमा आएको थियो । प्रशान्तसँगै हराएका ५ वर्षीय अमरद्विप साह र ३ वर्षीया आँसु कुमारी अझै फेला परेका छैनन् ।प्रहरीले बारा गढीमाई नजिकै मलानी माइतीघर भएकी रमोदको श्रीमती उर्मिलादेवीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘तीनजना बालबालिका हराएको उजुरी आएको थियो, जसमध्ये एक जना मृत अवस्थामा भेटिएका छन् । बाँकी दुई जनाको खोजी गरिरहेका छौं,’ उनले भने, ‘नदी किनारमा बालबालिका कसरी पुगे रु भन्ने बुझ्नका लागि आमालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।

२०७६ फागुन १६ गते १२:३० मा प्रकाशित