समाचारमा बालबालिका

१३ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ फागुन, गाईघाट ।

१३ वर्षीया बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।  फाल्गुन १७ गते राति ७ बजे घरमा कोही नभएको मौकाछोपी बालिका बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका १ कटहरेका २५ वर्षीय मिनकुमार श्रेष्ठ पक्राउ परेका हुन्।

Read More

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

नागरिक न्युजमा प्रकाशित,२१ फागुन, पर्वत।

तेह्र वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन्। पर्वत जिल्ला अदालतको आइतबारको फैसलाले एक वर्ष छ महीना कैद र रु १५ हजार क्षतिपूर्तिसहित १५ हजार जरिवानाको सजाय सुनाएको छ।

Read More

विद्यार्थी भुइँमा, शिक्षकलाई सोफा

कान्तिपुरमा प्रकाशित,२१ फागुन, धनुषा।

धनुषा, बिदेह नगरपालिका–१ माध्यमिक विद्यालय ठाढी झिझाको कार्यालयमा डिजिटल हाजरी मसिन जडान गरिएको छ । शिक्षकलाई बस्न सोफा छ । शिक्षक र विद्यालय सञ्चालर्कको नामावली प्रिन्ट गरेर राखिएको छ।

Read More

विद्यालय जान दिनहुँ पाँच घण्टा पैदल यात्रा

थाहा खबरमा प्रकाशित,२१ फागुन, झापा।

चाँजु र रतुवा खोलाको बीचमा एउटा गाउँ, अलि पश्चिम लाग्यो विधुवा खोला। यो क्षेत्र हो, इलामको दक्षिणी–पश्चिममा रहेका चुलाचुली गाउँपालिका-३ सिमले। यस क्षेत्र पूर्वसभामुख तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स‌सदीय दलका उपनेता सुवास नेम्बाङको निर्वाचन क्षेत्र हो भने प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकासँग जोडिएको गाउँपालिकाको गाउँ हो।

Read More

विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य

कान्तिपुरमा प्रकाशित,२१ फागुन, तेह्रथुम ।

जिल्लाभरका स्थानीय तहले विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा अभियान सञ्चालन गरिरहेका बेला फेदाप गाउँपालिकाले भने सबै विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका विद्यार्थीलाई कम्प्युटर माध्यमबाट शिक्षा प्रदान गर्न अभियान सुरु गरिएको अध्यक्ष हरि चोङबाङले बताए।

Read More

सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धादिङमा एक व्यक्ति पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२१ फागुन, धादिङ।

सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । पटक पटक बलात्कार गर्ने र घटना सार्वजनिक गरेमा मारिदिने धम्की दिएका कारण घटना बाहिर आउन नसकेको प्रहरीले जनाएको छ।

Read More

पानीमा डुबेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० फागुन, भक्तपुर।

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित जय माहेश्वरी इँटाभट्टामा इँटा पार्न बनाइएको पानी पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।

Read More

करेन्ट लागेर बाजुरामा १४ वर्षीया बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ फागुन, बाजुरा।

बाजुराको जगन्नाथ गाउँपालिकाको थारिकाडामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सृजना खत्री रहेको इलाका प्रहरी कार्यलय कोल्टीले जानकारी दिएको छ।

Read More

घरमै बच्चा जन्माउँदा किशोरीको मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१९ फागुन, दाङ ।

घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको बच्चा जन्मिएपछि अत्यधिक रक्तश्रावका कारण  निधन भएको हो।

Read More

धमाधम छात्रा बेहोस हुन थालेपछि अभिभावक चिन्तित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ फागुन, बैतडी।

जिल्लाको दशरथचन्द नगरपालिका-१ स्थित मणिलेक माविमा छात्राहरु एक्‍कासी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित हुन थालेको छ। करीब एक महिना अघिबाट कक्षा ७ माथिका छात्रामा एक्‍कासी बेहोस हुने समस्या आउन थालेको प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। उनले कक्षा ७ भन्दा माथिका छात्रा एक्‍कासी बेहोस हुने, रुने, कराउने, काप्नेजस्ता लक्षण देखिने गरेको उनले बताए।

Read More

विवाहमा विद्यालय छुट्टी

कान्तिपुरमा प्रकाशित,१९ फागुन, धनुषा।

विवाहमा स्कुलमै जन्ती राख्ने चलनले धनुषाका सामुदायिक विद्यालयको पढाइ प्रभावित बनेको छ । विवाहका लागि विद्यालय नै छुट्टी दिने क्रम धनुषामा बढ्दो छ । जसले विद्यार्थीको पढाइमा समस्या भइरहेको छ।

Read More

डोजरले बाटो खन्दा माटोले पुरिएर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ फागुन, बिर्तामोड।

झापाको बाह्रदशी गाउँपालिकामा सडक निर्माणको लागि डोजरले माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ ।शनिबार बिहान डोजर (जेसिबी) ले बाटो खनिरहँदा माटोको ढिस्को भत्किएर बाह्रदशी गाउँपालिका–५ का गोकुल श्रेष्ठका १५ वर्षीय छोरा मनिषको मृत्यु भएको हो।

Read More

पानी ढुवानीमा बालक प्रयोग

कान्तिपुरमा प्रकाशित,१७ फागुन, धनुषा।

प्रदेश २ को मन्त्री क्वाटरमा खानेपानीको जार बोकेर तीन बालक टेम्पोमा पुगे । उनीहरू मन्त्रीको गेटमा पुग्दा सुरक्षाकर्मीले समेत राकेनन् । सडकमा लाइसेन्स चेक गर्ने प्रहरी उनीहरूको लाइसेन्स र उमेर पनि सोध्दैनन् । प्रदेश २ मन्त्रीको आवासमा पानी पुर्‍याउने र खाली जार फिर्ता ल्याउन खानेपानी कम्पनीले बालक खटाएका छन्।

Read More

प्रधानाध्यापकलाई ५ वर्ष कैद

कान्तिपुरमा प्रकाशित,१७ फागुन, पर्वत।

स्कुले बालिकालाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ परेका ५० वर्षीय खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ । गत साउन पहिलो साता पक्राउ परेका पौडेल फलेबास–६ देवीस्थानको माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्।

Read More

बलात्कारका धेरै घटना चिनेजानेकैबाट

नागरिक न्युजमा प्रकाशित,१७ फागुन, सिरहा।

फागुन ७ गते सिरहाको गोलबजार नगरपालिका–१० घुर्मीघाटकी १२ वर्षीया एक बालिका गाउँकै २१ वर्षीय दीपक राईबाट बलात्कृत भइन्। गाउँलेले राईलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाए। प्रहरीले जबर्जस्तीकरणी मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

Read More

बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु

रातोपाटीमा प्रकाशित,१६ फागुन, चितवन ।

कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन्।

Read More

श्रीमती सानै छे, उमेरसँगै कुरा बुझ्लीु

सेतोपाटीमा प्रकाशित,१६ फागुन, दैलेख।

सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ। नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृश्य नहेरी फर्कनै सकिँदैन। झुण्ड झुण्ड अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन्।

Read More

एक विद्यालय, एक नर्स

कान्तिपुरमा प्रकाशित,१५ फागुन, हेटौंडा।

प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्याकउने उद्देश्यले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्याकउने उद्देश्यले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ।

Read More

प्रहरीको स्कुल बस र ट्रक ठोकिँदा बालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,१५ फागुन, रौतहट।

रौतहटको गरुडास्थित रहेको नेपाल प्रहरी स्कुलको बस र ट्रक ठोकिँदा एक बसमा सवार बालिका विद्यार्थीको मृत्यु भएको छ। नेपाल प्रहरी स्कुलको नर्सरी कक्षामा अध्ययनरत ४ बर्षिय बालिका क्यारोरिन राइको भरतपुरस्थित पुरानो मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।

Read More

विद्यार्थी पिटेको आरोपमा शिक्षक पक्राउ

थाहा खबरमा प्रकाशित,१५ फागुन, उदयपुर।

विद्यार्थी पिटेको आरोपमा त्रियुगा नगरपालिकाको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ६, जलजलेमा रहेको मेरीब्रुट इङ्लिस बोर्डिङ स्कुलका शिक्षक दीपक प्रधान हुन्।

Read More