A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

धमाधम छात्रा बेहोस हुन थालेपछि अभिभावक चिन्तित

जिल्लाको दशरथचन्द नगरपालिका(१ स्थित मणिलेक माविमा छात्राहरु एक्‍कासी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित हुन थालेको छ। करीब एक महिना अघिबाट कक्षा ७ माथिका छात्रामा एक्‍कासी बेहोस हुने समस्या आउन थालेको प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। उनले कक्षा ७ भन्दा माथिका छात्रा एक्‍कासी बेहोस हुने, रुने, कराउने, काप्नेजस्ता लक्षण देखिने गरेको उनले बताए। छात्राहरु कहिले विद्यालयमै बेहोस हुने गरेका छन् कहिले विद्यालय आउने र विद्यालयबाट घर फर्कने समयमा बाटोमै बेहोस हुने गरेको प्रधानाध्यापक रावलले बताए।उनले भने, एकजना बिरामी हुँदा अरुलाई पनि डर लाग्ने गरेको छ। यसले गर्दा उनीहरुको पढाइमा समेत अवरोध भएको छ। छात्रामा बेहोस हुने समस्या देखिए पनि यसको कारण भने पत्ता लाग्न नसकेको शिक्षक दयाकृष्ण पन्तले बताए। उनले छात्रामा बेहोस हुने, रुने ,कराउने, काप्नेलगायतका समस्या देखिने गरेको बताए। जिल्लाका अन्य विद्यालयमा केही समय अघि यस्तो समस्या देखा परेको थियो। जिल्लाका धेरै विद्यालयमा यो समस्या हुने गरेको जानकारी आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। उनले जिल्लाका विभिन्न स्थानमा यो समस्या देखिएको र समाधानका लागि स्वास्थ्यकर्मीको परामर्शमा छलफल अघि बढाउने कार्य बताए।उनले भने,  बढी समस्या भएका विद्यालय केही दिनका लागि बन्द गरेर भएपनि समस्या समाधान गर्नुपर्छ। छात्रामा देखिएको समस्या बारे एकिन नभए पनि यस्तो समस्या देखिएमा भीडभाड गर्न नहुने, बिरामीलाई अराम गर्न दिनुपर्ने जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डाक्टर देवेन्द्र लेखकले बताए। उनले यो समस्या एकलाई भएपछि अर्कोलाई पनि मानसिक हिसाबले हुने गर्दछ। त्यसैले यस्तो समस्या भएका बेला अरुले भीडभाड गर्नु हुँदैन्। विद्यालयमा बिरामी छात्रालाई केही दिन अराम गर्न दिनुपर्छ।

२०७५ फागुन १९ गते १२:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: