समाचारमा बालबालिका

करेन्ट लागेर बाजुरामा १४ वर्षीया बालिकाको मृत्यु

बाजुराको जगन्नाथ गाउँपालिकाको थारिकाडामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सृजना खत्री रहेको इलाका प्रहरी कार्यलय कोल्टीले जानकारी दिएको छ। बालिकाले ओढेको सल मिलको पट्टामा बेरिएपछि करेन्ट लागेर मृत्यु भएको बालिकाका आफन्तले जनाएका छ्न्। प्रहरीका अनुसार मृतक बालिकाको शव पोस्टमाटमका लागि आजै कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र ल्याएको छ।

२०७५ फागुन १९ गते १२:४४ मा प्रकाशित