A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfvoifv9csd9qb542om6tkg9nh0c3k5sb): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य

जिल्लाभरका स्थानीय तहले विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा अभियान सञ्चालन गरिरहेका बेला फेदाप गाउँपालिकाले भने सबै विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका विद्यार्थीलाई कम्प्युटर माध्यमबाट शिक्षा प्रदान गर्न अभियान सुरु गरिएको अध्यक्ष हरि चोङबाङले बताए । सबै विद्यार्थीलाई कम्प्युटरसम्बन्धी प्राविधिक ज्ञान दिन अभियान नै सुरु गरिएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा गाउँपालिकाभित्र रहेका १५ विद्यालयमा कम्प्युटर शिक्षा लागू गरिएको प्रवक्ता नवीन चोङबाङले बताए । यो वर्ष ७ आधारभूत र ८ माध्यमिक गरी १५ विद्यालयमा कार्यक्रम सुरु भएको छ । कम्प्युटर शिक्षा पढाउनका लागि यी सबै विद्यालयमा गाउँपालिकाकै सहयोगमा १५ जना कम्प्युटर शिक्षक नियुक्ति गरिएको छ । कम्प्युटर शिक्षा पढाउने शिक्षकलाई प्रतिशिक्षक गाउँपालिकाले २० हजारका दरले तलव सुविधा दिएको अध्यक्ष चोङबाङले बताए । गाउँपालिकामा ४३ सामुदायिक विद्यालय छन् । आगामी आर्थिक वर्षबाट बाँकी रहेका सवै विद्यालयमा कम्प्युटर प्रविधिको शिक्षा लागू गर्न अहिलेदेखि नै तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।सबै विद्यालयमा अध्यनरत विद्यार्थीलाई कम्प्युटरमा दक्ष बनाउने उद्देश्य गाउँपालिकाको छ । त्यसका लागि विद्यालयमा इन्टरनेट जडानको काम समेत चलिरहेको छ । विद्यालयमा कम्प्युटर शिक्षाको पढाइ हुन थालेपछि विद्यार्थीको संख्या समेत बढेको फेदाप गाउँपालिका ओयाक्जुङमा रहेको सिद्धकाली माविका प्रध्यानाध्यापक कुलप्रसाद दुलालले बताए । ‘कम्प्युटर शिक्षा पढाइ हुन थालेपछि सदरमुकामतर्फ गएका विद्यार्थी समेत गाउँकै विद्यालयमा फर्किएर आउन थालेका छन्, प्रअ दुलालले भने ।

गाउँकै विद्यालयमा कम्प्युटर शिक्षा पढाइ हुन थालेपछि दलित, बिपन्न, जोगी लगायतका समुदायका छोरा छोरीले समेत निःशुल्क कम्प्युटर शिक्षा अध्ययनको अवसर पाएको विद्यालयले जनाएको छ । कम्प्युटर शिक्षामा विद्यार्थीको आकर्षण बढेको र कम्प्युटर भने थोरै भएकाले केही समस्या भने भएको प्रअ दुलालको भनाइ छ । कम्प्युटर शिक्षक नियुक्त भएका सबै विद्यालयसँग पर्याप्त कम्प्युटर छैनन् । विद्यालयको आन्तरिक स्रोतबाटै भए पनि अधिकांश विद्यालयले कम्प्युटर खरिद गरिरहेका छन् । केही विद्यालयले अघिल्ला वर्षहरूमा शिक्षा कार्यालयबाट प्राप्त कम्प्युटर प्रयोगमा ल्याएका छन् । केही विद्यालयले भने विद्यालयमा कम्प्युटर खरिदका लागि दातालाई गुहारेका छन् । अंग्रेजी माध्यमको भन्दा प्रयोगात्मक कम्प्युटर शिक्षा महत्त्वपूर्ण भएकाले जिल्लाकै अन्य स्थानीय तह जस्तो आफ्नो गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षालाई नरोजेको गाउँपालिका अध्यक्ष चोङबाङले बताए । अबको पाँच वर्षभित्रमा गाउँपालिकाभित्रका सवै विद्यालयको पठनपाठन प्रोजेक्टरको माध्यमबाट हुने गरी अहिलेदेखि नै विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत खर्च भइरहेको उनले बताए ।कम्प्युटर शिक्षक पाएका विद्यालयले पालो गरेर विद्यार्थीलाई कम्प्युटर शिक्षा अध्यापन गराइरहेका छन् । कम्प्युटर थोरै भएको र विद्यार्थी धेरै भएकाले एक पटकमा कम्प्युटरको संख्या हेरी १० जनादेखि १५ जना विद्यार्थीलाई एकै साथ पढाउने गरिएको सिद्धकाली मावि ओयाक्जुङका कम्प्युटर विषयका शिक्षक नरेश नेपालीले बताए । ‘कम्प्युटर विषयमा विद्यार्थीको एकदमै रुचि छ,’ शिक्षक नेपालीले भने, ‘तर पर्याप्त कम्प्युटर नहुँदा भने समस्या भएको छ ।’ आफू अध्ययनरत विद्यालयमै कम्प्युटर विषयको शिक्षा अध्ययन गर्न पाएकाले धेरै सजिलो भएको कक्षा ८ मा अध्ययनरत विद्यार्थी दिना लिम्लूे बताइन् । गाउँपालिकाले कम्प्युटर शिक्षा अध्ययन भइरहेका र हुने तयारीमा रहेका प्रत्येक विद्यालयको कार्यालय व्यवस्थानका लागि ५० हजारका दरले विद्यालयको खातामा रकम पठाइदिएको छ । यो पैसा पाउने केही विद्यालयले कम्प्युटर कक्षाका लागि भौतिक पूर्वाधारका काम गरिरहेका छन् । आगामी वर्षबाट फेदाग गाउँपालिकाका सवैजसो विद्यालयमा इन्टरनेट सञ्जाल समेत विस्तार गरिसक्ने गरी अहिलेदेखि नै तयारी भइहरेको प्रवक्ता नविनले जनाए । पहिले कम्प्युटर शिक्षामा विद्यार्थीको हात बसाएपछि इन्टरनेटको माध्यमबाट पठनपाठन गराइने उद्देश्यले गाउँपालिकाले काम गरिरहेको प्रवक्ता नबिनको भनाइ छ । कम्प्युटर शिक्षाको सैद्धान्तिक र व्यावहारिक ज्ञान पाएको कोही पनि विद्यार्थी उच्च शिक्षा अध्ययनपछि पनि बेरोजगार बस्न नपर्ने अध्यक्ष हरी चोङबाङले बताए । ‘अबको शिक्षा व्यावहारिक र रोजगारमुखी हुनपर्छ,’ अध्यक्ष चोङबाङले भने।

२०७५ फागुन २१ गते ९:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: