A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

श्रीमती सानै छे, उमेरसँगै कुरा बुझ्लीु

सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ। नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृश्य नहेरी फर्कनै सकिँदैन। झुण्ड झुण्ड अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन्। कोही सरसफाइमा व्यस्त। बालबालिका र तिनका अभिभावक नुहाइधुवाइ गर्न पनि प्रायः जसो नदीमा पुग्छन्। नदीको परतिर सुन्दर देखिने स–साना टहरा। बस्तीको माथिल्लो भागमा घना जंगल। यही हो, फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको बासस्थान। त्यही हो, चर्को घाम र पानी छल्ने टहरा। राउटे वस्ती बीचैमा केही दिनअघि मात्रै सजाइएको बिहेको मण्डप देखिन्छ। त्यहाँ राखिएका सामग्री तितरबितर भइसकेका थिए। खाली चार खम्बा मात्रै बचेको। खम्बाको बीचैमा गाडिएका पाँच वटा अग्ला-अग्ला टागोले त्यहाँ पुग्ने सबैलाई अचम्मित तुल्यायो। अझ लठ्ठीको टुप्पोमा टाँगिएका धजाले खुल्दुली जगाउँछ। यो देख्नेबित्तिकै राउटे मुखिया सूर्यनाराण शाहीलाई सोधिहाल्यौं– यो के हो ? उनले भने, ुकेही दिनअगाडि गरिएको बिहेको मण्डप हो। हाम्रो समुदायमा जति वटा विवाह भयो, त्यति नै वटा टागो मण्डपको बीचमा गाडेर धजा बाँध्छौं। उनका अनुसार समुदायमा एक साताअघिदेखि लगातार पाँच वटा विवाह भएका रहेछन्। त्यसपछि विवाह गर्नेको जोडीको खोजीमा लाग्यौं। सबैको नाम र उमेर सोध्यौं। भर्खरै बिहे गरेका ती जोडीले मन नगरी-नगरी पनि हाम्रा प्रश्नको जवाफ दिए।

लजाउँदै जवाफ दिने मध्येकी एक थिइन्, मयाराम शाही। उनी १२ वर्ष पुगिन्। आफ्नो स्याहार आफैं गर्न सक्ने पनि भइनसकेकी उनको गत साता बिहे भएको रहेछ, आफूभन्दा २० वर्ष जेठा दल बहादुर शाहीसँग। दलबहादुरको मयारामसँग बिहे भएको यो दोस्रो बिहे हो। पहिलेकी पत्नीको मृत्युपछि उनले मयारामसित बिहे गरेका हुन्। दलबहादुरका दुई सन्तान छन्। मयारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको पत्तो समेत छैन। उसले अझै पनि म उसको श्रीमान हो भन्ने थाहा पाउँदिन, दलबहादुरले भने, सानै छे। उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ने विश्वास छ। उनले आफ्नो समुदायमा उमेर मिल्ने महिला नभएपछि कम उमेरकै केटीसँग बिहे गर्न बाध्य भएको सुनाए। उनी जस्तै सोही वस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिएकी रहिछन्। पछिल्लो एक सातामा १४ वर्षीया बाँगे शाहीले २२ वर्षीया हिरासिंह शाहीसँग विवाह गरिन्। त्यस्तै खेमराज शाही र सुविधा शाही तथा सुरेन्द्र शाही र मसुरी शाहीको पनि यही महिना बिहे भएको हो। एक साता अवधिमा राउटे वस्तीका पाँच बालिकासँग विवाह गरेका अधिकांश पुरुषको उमेर धेरै नै बढी छ। राउटे वस्तीमा यी सबै बिहे राति गरिएका हुन्। बिहे गरेका सबै १३ देखि १५ वर्षसम्मका किशोरी छन्। राउटेहरू रास्कोटी, कल्याल र स्ववंशी गरी तीन प्रकारका रहेको मुखिया सूर्यनारायणले जानकारी दिए। उनका अनुसार आफ्नै उमेर समूहका महिला नभएका कारण अधिकांश युवा अविवाहित छन्। बिहेपछि केटा र केटीलाई परिवारबाट छुट्टै राख्ने चलन छ। बिहेपछि छुट्टै छाप्रो बनाएर उनीहरूलाई बसाउने गरिन्छ,  उनले भने। दक्षिण एशियाकै लोपोन्मुख मानिएको राउटे आफूलाई जंगलको राजा मान्छन्। यो समुदायमा सानै उमेरमा बिहे गर्ने महिलाको संख्या बढी छ। सुर्खेतको लेकबेसी नगरपालिका वडा नं १ भेरी नदी किनारमा बसोबास गरिरहेका राउटे समुदायमा गत एक साताको अवधिमा भएका विवाहले त्यो पुष्टि गर्छ। जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ।

केटाहरू धेरै हुन्छन्, मुखिया सूर्यनारायणले भने, बिहे गर्न वर्षौं। कुर्नुपर्छ। तर पनि, कत्ति केटाको त निकै मुश्किलले मात्रै पालो आउँछ। केटी नपाउँदा धेरैजसो पुरुषको ४० वर्ष कटेपछि मात्रै बिहे हुने गरेको उनी बताउँछन्। पुरुषले लामो समय कुर्नुपर्ने तर, महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुेपर्ने बाध्यता परम्परा जस्तै बनेको छ यो वस्तीमा। छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा। छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे, समुदायकी एक महिलाले भनिन्, ुकोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ। उमेरको कुनै वास्ता हुन्न। सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कतिका सन्तान खेर गएका छन् भने कतिले अकालमा ज्यान गुमाएका छन्। सानै उमेरमा बिहे गरेकै कारण ३० वर्षीया प्रकाश शाही र १७ वर्षीया महिन शाहीबाट जन्मिएका जुम्ल्याहा छोरीको ज्यान गयो। दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामास्थित पातलेखोला किनारमा बसोबास गर्दा जन्मिएका ती दुई बालिका सोही ठाउँको माथिल्लो भाग पानीपोखरा आएलगत्तै जुम्ल्याहा छोरीको मृत्यु भएको थियो। यो तत्कालै भएको घटना मात्रै हो तर, राउटे समुदायमा त्यसरी ज्यान गुमाउनेको विवरण राखिएको छैन। समुदायमा कोही बालिकाको १२ वर्षमै बिहे हुन्छ भने कोही युवती अझै अविवाहित छन्। झण्डै २५ वर्षकी गाजली शाहीले भने आफ्नै उमेरका केटा नपाएर बिहे गरेकी छैनन्। उनको थर कल्याल शाही भएकाले रास्कोटी र स्ववंशीसँग उनको बिहे चल्दैन। आफूले बिहे गर्न मिल्ने केटा सानै भएकाले बिहे नभएको उनी बताउँछिन्। आफ्ना उमेरका कोही छैनन्। आफ्नो समुदायबाहेक अन्यसँग बिहे गर्न पाइँदैन,’ उनले भनिन्, ुत्यसैले अहिलेसम्म मेरो बिहे भएको छैन। कल्याल जातिमा किशोर र किशोरीसँग विवाह गर्ने उमेरका केटाकेटी नहुँदा अविवाहित बस्नुपर्ने बाध्यता छ। राउटेमा आफूभन्दा अघिल्लोको बिहे नगरी कम उमेरकाले बिहे गर्ने चलन छैन। उनका अनुसार कतिपय बालिकाले आमाबुवाको करकापमा बिहे गरेका हुन्। करिब ६ महिनादेखि राउटे समुदायमा बसेर काम गर्दैआएकी दुर्गा खत्रीले सानो उमेरमा बिहे गर्दा राउटे समुदायमा मातृ तथा शिशु मृत्यु जोखिम बढी भएको बताइन्। अधिकांश महिलालाई पाठेघरको समस्या छ, उनले भनिन्, बालबालिका कुपोषणको समस्याले पीडित छन्। 

बालबालिकाको अक्षरसँगका साइनो

लेखपढ नगर्ने, जागिर नखाने र खेतीपाती नगर्ने राउटे पछिल्लो समय परिवर्तन हुने थालेका छन्। उनीहरूले आधुनिक जीवनशैली अंगाल्न थालेका हुन्। अक्षर चिन्नु पनि मान्यता विपरीत रहेको यो समुदायका बालबालिका पछिल्लो समय कखरा सिक्न थालेका छन्। वस्ती नजीकै बसेर सिकेको थाहा पाए मुखियाले गाली गर्ने भएकाले उनीहरू वस्तीभन्दा केही टाढा गएर लेखपढ गर्ने गरेका छन्। दैलेखको सोसेक नेपालमार्फत सञ्चालन भएको राउटे परियोजनाले जोडी शिक्षक र अहेव व्यवस्था गरेको छ। उनीहरू समुदायमै खटिएका छन्। राउटे समुदायमा खटिएकी शिक्षिका खत्रीका अनुसार राउटे बालबालिका पढाइ र लेखाइमा इच्छुक छन्। तर समुदायका अगुवाले अवरोध गर्ने गरेका छन्। समुदायका अन्य सदस्यहरू पनि विस्तारै आधुनिकतामा रमाउन थालेका छन्। बिरामी हुँदा होस् या चोटपटक लाग्दा जडीबुटी प्रयोग गर्ने उनीहरू अहिले औषधि-उपचार गर्न थालेको अहेव विनोद कुमार बिसीले बताए। राउटेहरू औषधि-उपचारमा विश्वास गर्न थालेको बताउँदै अहेव बिसीले भने, हिजोआज सामान्य चोटपटक लाग्दा पनि हामीसँग औषधि-उपचार गराउन आउँछन्।त्यतिमात्र नभई एकसरो गादो मात्र लगाउने राउटे समुदायमा पुरुषले टोपी, जुत्ता, चप्पल, कमिज, टिसर्ट र महिलाहरूले गुन्यूचोलो, पटुकी र गलामा पोते लगाउन थालेका छन्। यस समुदायमा अहिले १४५ जना छन्।

२०७५ फागुन १६ गते ३:३१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: