A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धादिङमा एक व्यक्ति पक्राउ

सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । पटक पटक बलात्कार गर्ने र घटना सार्वजनिक गरेमा मारिदिने धम्की दिएका कारण घटना बाहिर आउन नसकेको प्रहरीले जनाएको छ । बेनिघाट रोराङ गाउँपालिका –४ का ४५ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई लामो समयसम्म बलात्कार गर्दै आएको र पछिल्लो पटक पीडितकी आमाले आफ्नै श्रीमानले छोरीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरेको घटना देखेपछि प्रहरीमा उजुरी गरेको बताइएको छ । आफूले विवाह गरेर ल्याएकी पत्नीको पहिलो श्रीमानपट्टिकी छोरीलाई बलात्कार गरेको घटना आफैले देखेको पीडितकी आमाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी परेपछि त्यसैको आधारमा पक्राउ परेका आरोपितलाई जबरजस्ती करणी मुद्दा र हाडनाता करणी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले बताएकोे छ।

२०७५ फागुन २१ गते ८:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: