A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiont4hs1ukc1r5l6pmjk79vf7fijibeil3r): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय जान दिनहुँ पाँच घण्टा पैदल यात्रा

चाँजु र रतुवा खोलाको बीचमा एउटा गाउँ, अलि पश्चिम लाग्यो विधुवा खोला। यो क्षेत्र हो, इलामको दक्षिणी–पश्चिममा रहेका चुलाचुली गाउँपालिका-३ सिमले। यस क्षेत्र पूर्वसभामुख तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स‌सदीय दलका उपनेता सुवास नेम्बाङको निर्वाचन क्षेत्र हो भने प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकासँग जोडिएको गाउँपालिकाको गाउँ हो। यस गाउँको नजिकै आधारभूत तहको विद्यालय छ। त्यसमाथिको कक्षा पढ्न सोही गाउँपालिकाको पेल्टिमारीमा रहेको किरातेश्वर मावि रहेको छ। तर, त्यहाँसम्म पुग्न सजिलो छैन। विद्यालय जान आउनका लागि दैनिक पाँच घण्टा धाउनुपर्ने बाध्यता छ। सिमलेबाट किरातेश्वर माविसम्म अढाइ घण्टा धाउनु पर्छ। फर्किँदा उत्तिकै समय। 

मनमा डर, हातमा टर्च

नजिकै माध्यमिक तहको पढाइ नहुने भएकाले सिमले गाउँका विद्यार्थीहरु किरातेश्वर मावि धाउँछन्। ‘बिहान ८ नबज्दै घरबाट निस्किन्छौं,’ कक्षा ८ मा की छात्रा सोममाया राईलेले भनिन्, ‘विद्यालय बिदा भएर घर पुग्दा राति भइसकेको हुन्छ।’ घरबाट विद्यालय पुग्न अढाइ–तीन घण्टा लागे पनि फर्किँदा भोकले गर्दा बझ बढी समय लाग्ने सोममायाले बताइन्। यस क्षेत्रका विद्यार्थीका लागि लामो बाटो हिँड्नु मात्र दुःख छैन। हात्ती पनि आउजाउ गरिरहने भएको सधैं त्रास हुने उनीहरुको भनाइ छ। विद्यालय टाढा भएकाले हिउँदको छोटो दिनमा टर्चलाइट बोकेर जाने गरेको कक्षा–९ की सिर्जना राईले दुखेसो पोखिन्। हिउँदमा रात लामो हुने र बिहान ढिलो मात्र उज्यालो हुने उठ्न बित्तिकै विद्यालय जानुपर्ने बाध्यता छ। ‘बिहान आउन त जसो तसो ठीकै हुन्छ,’ सिर्जनाले भनिन्, ‘हिउँदमा दिन छोटिएपछि कहिले अन्तिम पिरियडको कक्षा नपढी जानु पर्ने पर्छ।’ हिउँद याममा कहिले घरैबाट आधाबाटोसम्म लिन आउने गरेको उनले बताइन्। हिउँदयाममा दिन छोटिने हुनाले टाढाका विद्यार्थीहरुलाई फर्कन समस्या र वर्षायाममा बाढीको डर उस्तै हुने गरेको छ।

पढाइमा असर

दिनहुँ लामो दूरी पार गरी आउनुपर्ने भएकाले त्यसको असर पढाइमा पर्ने गरेको किरातेश्वर माविका प्रधानाध्यपक कमलप्रसाद अधिकारीले बताउँछन्। ‘दिनैपिच्छे ४-५ घण्टा पैदल हिँडेपछि विद्यार्थीहरु थाक्छन्,प्रधानाध्यापक अधिकारीले भने, ‘अधिकांश विद्यार्थी विपन्न समुदायकै छन्, घरमा पनि काम गर्नै पर्‍यो, थाकेको ज्यान र घरको कामले उनीहरुले पढाइलाई पर्याप्त समय दिन सक्दैनन्। तर, उनीहरुलाई अन्य विद्यार्थीभन्दा कमजोर हुन नदिन कक्षाकोठामा शिक्षकहरुले पनि विशेष ध्यान दिने गरेको अधिकारीले बताए।

२०७५ फागुन २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: