A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncienqppfis5g0obu1hvf7r0on5kh4dll): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरीको स्कुल बस र ट्रक ठोकिँदा बालिकाको मृत्यु

रौतहटको गरुडास्थित रहेको नेपाल प्रहरी स्कुलको बस र ट्रक ठोकिँदा एक बसमा सवार बालिका विद्यार्थीको मृत्यु भएको छ। नेपाल प्रहरी स्कुलको नर्सरी कक्षामा अध्ययनरत ४ बर्षिय बालिका क्यारोरिन राइको भरतपुरस्थित पुरानो मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। सिन्धुली जिल्ला गोल्नजोर गाउपालिका वाड नं. ७ राताटार निवासी सुवास कुमार राइको छोरीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायब निरिक्षक क्षेत्र बहादुर बडुवालले जानकारी दिए। मंगलबार नेपाल पुलिस स्कुलको शाखाबाट विद्यार्थी र शिक्षक बोकेर गरुडा नगरपालिका वाड नं. ८ जिंगडियामा रहेको विद्यालयको होस्टलतर्फ जादै गरेको बा१ग २१७९ नम्बरको ट्रकर विपरीत दिशाबाट ना ३ख ७४१८ उखुको बोकेको ट्रक ठोकिएको थियो। शिक्षक,बिद्यार्थी गरि २५ जना बोकेर हिडेको सो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन। ट्रक चालक बारा निजगढका प्रह्लाद थपलियाले ओभरटेक गर्ने क्रममा ट्रकलाई सम्हाल्न नसकेपछि विद्यार्थीबाहक बसमा ठोकिएर पल्टेको थियो। घटनामा बसका चालक डम्बर विक, ट्रकका चालक थपलिया, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापा घाइते छन्। बसका विद्यार्थीहरु आयात सिंह, युवराज पटेल, कृतिका रन्जन, सौगात सारु, आर्यन र स्तोगीलगायत रहेका छन। चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

२०७५ फागुन १५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: