A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiong33qkckm6v2sjsstqvgia98ktpugja77): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरमै बच्चा जन्माउँदा किशोरीको मृत्यु

घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको बच्चा जन्मिएपछि अत्यधिक रक्तश्रावका कारण  निधन भएको हो । राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले बच्चा जन्मिएपछि   अत्यधिक रक्तस्राव भएपछि साँझ ५ बजे स्वास्थ्यचौकी ल्याइएको बताए । सुत्केरीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएपनि  चिकित्सकले मृत घोषणा गरेका थिए । अत्यधिक रक्तस्रावले सुत्केरीको मृत्यु भएको र शिशुको अवस्था भने सामान्य रहेको रावतले जानकारी दिए । स्वास्थ्यचौकीमा बिरामीका लागि निःशुल्क रुपमा घरमै एम्बुलेन्स पु¥याउने व्यवस्था भए पनि बिरामीले चासो नदिँदा पटक–पटक यस्तो समस्या हुने गरेकाले यस विषयमा चेतना जगाउनु आवश्यक रहेको निमित्त प्रमुख रावतले बताए। 

बालविवाहले समस्या 
स्वास्थ्यका दृष्टिले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिदैन । कानूनमा पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख छ । तर, २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन । सानै उमेरमै विवाह गर्दा पनि यस्तो समस्या निम्तिएको हुनसक्ने रावत बताउँछन् । गर्भवती अवस्थामा पोसिलो खानेकुरा नखाने र गर्भवती अवस्थामा तुहिने समस्या धेरै देखिएको रावतले बताए।

२०७५ फागुन १९ गते १:१४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: