समाचारमा बालबालिका

नारायणी नदीमा एक नाबालिकाको शव फेला

गैडाकोट स्थित नारायणी नदीमा एक नाबालिकाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका वडा नम्बर १० स्थित पितौजी घाटमा अन्दाजी ७,८ वर्षकी एक नाबालिकाको शव आइतबार फेला परेको हो। शव परिक्षणका लागि भरतपुर स्थित सरकारी अस्पतालमा पठाइएको र छिमेकी जिल्लाका सबै प्रहरीलाई शब पहिचानमा सहयोग गर्न खबर गरिएको प्रहरीको भनाई छ ।

२०७५ जेष्ठ २० गते २:१७ मा प्रकाशित