A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह अन्त्य गर्न घर-घरमा पत्र

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका वडा नं. १० ले दुई वर्ष भित्र वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखेको छ । जसको तयारी स्वरुप वडाले प्रत्येक वडावासीलाई बालविवाह रोक्न पत्र पठाएको छ । लक्ष्य पुरा गर्न सबै वडावासीलाई आफ्ना छोरा छोरीको उमेर नपुगि विवाह नगराउन तथा हुन नदिन पत्राचार गरेको वडाले जनाएको छ । नेपाल सरकारको सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने राष्ट्रिय रणनीति अनुसार यस्तो अभियान थालिएको जनाइएको छ ।

सबैको साथ आवश्यक
वार्डवासीलाई यस अभियानमा साथ दिन अनुरोध गरिएको वाडाध्यक्ष धरम केसीले जानकारी दिए । ‘हामिले नेपाल सरकारको राष्ट्रिय लक्ष्य सफल पार्न सहयोग पुर्याउने उद्देश्यकासाथ यस्तो अभियान सुरु गरेका हौ’ उनले भने, ‘वडावासीको सहयोगबिना लक्ष्य पुरा नहुनेभएकाले सबै घरमा पत्र पठाएका हौ ।’बालविवाह जस्तो अपराध अन्त्य नभएसम्म वडालाई कसैगरी पनि समृद्ध बनाउन सकिदैन भन्ने निश्कर्षका साथ अभियानमा लागेको उनले स्पष्ट पारे । बालविवाह अन्त्य गर्ने विषय अहिलेको प्रमुख चुनौती रहेको उनी बताउँछन् । चेतनाको कमि, अशिक्षा, गरिबी जस्ता कारण बालविवाहले प्रसय पाईरहेकोले यसतर्फ वडा सचेत रहेको वडाध्यक्ष केसीले बताए ।

अटेरी गर्नेलाई कारवाही
पत्रको मर्म विपरित कसैले पनि २० बर्ष नपुगि विवाह गर्ने, गराउने गरेको भेटिएमा कानुन बमोजिम कारवाही गरिने वडाध्यक्ष केसीको भनाई छ । वडाध्यक्ष केसीका अनुसार हाल वडामा ५० प्रतिशत भन्दा बढी बालविवाह भइरहेको छ । त्यसलाई अवको दुई वर्षमा शुन्यमा झार्ने वडाको योजना छ ।

२०७५ जेठ २२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: