समाचारमा बालबालिका

सीमाक्षेत्रबाट १८ बालबालिकाको उद्धार, भारत लैजान खोज्ने दुईजना पक्राउ

पश्चिमी सीमा नाका गड्डाचौकीबाट प्रहरीले १८ बालबालिकाको उद्धार गरेको छ। रोजगारीको प्रलोभनमा परी भारत जाँदै गरेका अछाम ढकारी गाँउपालिका–७ का १२ बालक र छ बालिकालाई बिहीबार साँझ उद्धार गरिएको इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायव निरिक्षक डिकरदेव पन्तले बताए। बालबालिकालाई भारत लैजाने ५३ वर्षीय रामबहादुर बुढा र ५८ वर्षीय रतन विकलाई पक्राउ गरिएको पन्तले जानकारी दिए। उद्धार गरिएका बालबालिका माइती नेपालको आवधिक गृहमा राखिएका छन्। बुढा र विक जिल्ला प्रहरी कार्याय कञ्चनपुरको नियन्त्रणमा छन्।

२०७५ जेठ २५ गते प्रकाशित