A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9i8atbr1inrkimddu8i3dbpef5bstqrq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिकामा मुटुरोग : काठमाडौंको तुलनामा जाजरकोटमा ७ गुणा बढी

यहाँका धेरै बालबालिका मुटु रोगबाट पीडित रहेको तथ्य फेला परेको छ । काठमाडौंको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोग हुनेको संख्या सात गुणा बढी रहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले जाजरकोटका दर्जन विद्यालयका विद्यार्थीमा गरेको मुटुरोगसम्बन्धी ‘स्क्रिनिङ’मा बालबालिकामा मुटु रोग बढ्दै गएको पाइएको हो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएको चिकित्सक टोलीले पाँच हजार बालबालिकाको मुटु रोगको स्क्रिनिङ गरेको थियो । ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको स्वास्थ्य परीक्षण अवस्था हेर्दा जाजरकोटमा मुटुरोगको समस्या बढी देखिएको डा. रेग्मीले बताए । ‘काठमाडौं, पोखरा लगायतका सहरका बालबालिकाको परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिन्थ्यो, उनले भने, ‘तर जाजरकोटमा एक हजारमा सात जनामा मुटुको समस्या देखियो ।’ ५ हजार बालबालिकामा गरिएको परीक्षणपछि ३६ जना बालबालिकामा बाथ मुटुरोग (मुटुको भल्भ समस्या) देखिएको उनले बताए । ३६ जनामध्ये दुई जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको उनले जनाए ।

‘अन्यले औषधि सेवन गरे ठीक हुने अवस्था छ,’ डा. रेग्मीले भने, ‘ती बालकका लागि निस्शुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ । जन्मजात मुटुमा प्वाल पर्ने बालबालिकाको संख्या भने एक हजारमा तीन जना रहेको उनले बताए । उनका अनुसार गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहारविहारको सन्तुलन नमिल्नु, जीवनशैली लगायत कारण मुटुरोग देखिएको हो । बालबालिकामा टनसिल हुँदा समयमा उपचार नगरे मुटुको भल्भमा समस्या हुने डा। रेग्मीको भनाइ छ । प्रतिष्ठानको सहयोगमा गत साता भेरी नगरपालिका अन्तर्गतका विद्यालयका बालबालिकामा मुटरोगको स्क्रिनिङ गरिएको थियो । वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रेग्मी, डा.सत्यनारायण सुवाल, डा.देव न्यौपाने, डा. जिज्ञासा रेग्मी लगायत चिकित्सकले बालबालिकाका साथै वयस्कको मुटुरोगको परीक्षण गरेका थिए । स्क्रिनिङ गर्दा मुटुमा समस्या भएका बालबालिकाको इको तथा ईसीजी गरेर खास समस्या पत्ता लगाएको प्रतिष्ठानका अध्यक्ष दीपेन्द्रपुरुष ढकालले बताए । मानवीय सेवाभावले जाजरकोट जस्तो दुर्गम जिल्लामा मुटुरोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा मुटु रोग परीक्षण सम्बन्धी शिविरको आयोजना गरेको ढकालले बताए । त्यस्तै, मुटुरोग विशेषज्ञ डा. रेग्मीले जिल्लाका सरोकारवाला व्यक्तिलाई तथा स्वास्थ्यकर्मीलाई मुटुरोग लाग्नका कारण, असर र यसबाट बच्ने उपायबारे प्रशिक्षित गरेका थिए । छाती दुख्ने, हिँड्दा स्वाँस्वाँ बढ्ने, मुटु हल्लिने, खुट्टा सुन्निने, जोर्नी दुख्ने, बाथ ज्वरो, खकारमा रगत देखापर्ने लगायत मुटुरोगका लक्षण भएको डा। जिज्ञासा रेग्मीले बताइन् । यस्ता लक्षण देखापरे तत्काल मुटु परीक्षण गराउनुपर्ने डा। रेग्मीको सुझाव छ ।‘नियमित व्यायाम गर्ने, मद्यपान तथा धुम्रपान नगर्ने, बढी गुलियो, नुनिलो नखाने जस्ता सावधानी अपनाउनुपर्छ,’ डा. रेग्मीले भनिन्, ‘त्यस्तै नियमित स्वास्थ्य परीक्षण गर्ने, हरियो सागपात, फलफूल, गेडागुडी खाने लगायत व्यवहारले मुटुरोगबाट बच्न सकिन्छ ।

 २०७५ जेठ २४ गते १०:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: