A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionh1u2hjh17sssko1lkhmig156ss7ikikm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दलित विद्यार्थीले पाउने भए गुरुकुलमा भर्ना

यसअघि दलित विद्यार्थीलाई भर्ना लिन नमानेको भद्रपुर नगरपालिका–६ स्थित श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रमले दलित विद्यार्थीलाई भर्ना लिएको छ। विद्याश्रमका व्यवस्थापन समितिले सोमबार इलाम नगरपालिका–५ बरबोटेका आठ वर्षीय दलित विद्यार्थी विकास कार्की ढोलीलाई आवास व्यवस्थापनसहित भर्ना लिएको हो। नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीसहितको दलित अधिकारीकर्मीको टोली विकासको भर्नाका लागि विद्याश्रम पुगेका थिए। झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला समन्वय समिति झापाका सोमनाथ पोर्तेलको रोहवरमा दलित विद्यार्थी कार्कीलाई विद्याश्रमले भर्ना लिएको हो।

यस्तो थियो घटना

झापा विर्तामोडका तुलसी भट्टराईले दलित विद्यार्थी विकासलाई संस्कृत शिक्षा दिने भन्दै बैशाख १८ मा विद्याश्रममा भर्नाका लागि लगेका थिए। तर, विद्याश्रमले दलित विद्यार्थी भर्ना नलिने विधान रहेको भन्दै उनलाई फर्काइएको थियो। त्यसपछि दलित विद्यार्थीलाई भर्ना नगर्ने विद्याश्रमको निर्णयविरुद्ध दलित अधिकारकर्मी आन्दोलिनमा उत्रिए। उनीहरूले गुुरुकुलमा तालाबन्दी गर्नुका साथै प्रर्दशन गर्दै विद्याश्रमको प्रवेश द्वारमा कालो झण्डा समेत राखेका थिए। विद्याश्रम व्यवस्थापन समितिका पदाधिकारीविरुद्ध प्रशासनमा उजुरी समेत दिएका थिए। उजुरी परेपछि गुरुकुलका अध्यक्ष राजेन्द्र चापागाई प्रहरीले पक्राउ गरेका थिए। यसरी चौतर्फी दवाव सिर्जनापछि विद्याश्रम व्यवस्थापन समितिले गत शनिवार विशेष साधारणसभा गरी विद्याश्रमको विधान संशोधन गरेको हो। संशोधन विधानअनुसार विद्याश्रममा समावेशी रुपमा विद्यार्थीलाई पठनपाठन गराउने प्रावधान राखिएको छ।

२०७५ जेठ २१ गते प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: