समाचारमा बालबालिका

शिक्षकद्धारा विद्यार्थी बलात्कार, प्रहरीमा निवेदनपछि अभियुक्त फरार

स्याङ्जाको चापाकोट न.पा ७ गंगालाल मा.वीका शिक्षकले सोही विद्यालयमा पढ्ने विद्यार्थीलाई बलात्कार गरेको खुल्न आएको छ । कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित नेपालीको छ । चैत २ गते भएको कक्षा ७ को परीक्षा समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगी ललाई—फकाई जर्बजस्ती करणी गरेको नेपालीले बताइन् । शिक्षक रामभत्त आचार्यले टि—सर्ट ,मोबाईल ,१० हजार रुपैंया पैसा दिन्छु भन्दै करणी गरेको र कसैलाई भने चरम यातना दिने धम्किका कारण चैतको घटना अहिले बाहिर आएको पिडीत सिमा नेपालीको आमाले बताइन् । शिक्षक आचार्यले पुनः बैशाख ३० गते पनि जबरजस्ती करणी गरेको सिमाको दाबी छ । आरोपित शिक्षक आचार्य अहिले फरार रहेको प्रहरीले जनाएको छ । पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका , प्रहरी चौकी चापाकोट हुँदै मुद्धा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका छन् । चैत र बैशाखमा भएको पटक पटकको घटना पनि घर परिवारबाटै लुकाइएको कारण भने बाहिर आएको थिएन । शिक्षक आचार्य घटना बाहिर आउने प्रकृयासंगै फरार छन् । आचार्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कानुन अनुसार १०बर्ष देखी १४ वर्ष सम्मको बालिका बलात्कार गरेको घटना पुष्टि भएमा ८ देखी १२ वर्षसम्म जेल सजाए हुने व्यवस्था छ ।

२०७५ जेठ २१ गते प्रकाशित