A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरीलाई ललाइफकाई भारत लान खोज्ने तीनजना पक्राउ

किशोरीलाई ललाईफकाई भारत लैजान लागेका तीनजना कञ्चनपुरमा पक्राउ परेका छन् । कन्चनपुरको महाकाली नगरपालिका ७ लक्ष्मी उच्च माविमा अध्ययनरत १७ वर्षीय किशोरीलाई पूजा गर्न भन्दै फकाएर भारत लैजान लागेका भारतको उधमसिंह जिल्ला खटिमाका महेन्द्र पाल, महाकाली नगरपालिका ७ बाबाथानका कर्णबहादुर सुनार र त्यसै वडाको कञ्जभोज बस्ने दलबहादुर सुनार पक्राउ परेका हुन् । किशोरीले आफूलाई ललाइफकाई भारत लैजान खोजेको निवेदन दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । पक्राउ परेकाहरुले भारतको मुरादावादमा हुने पूजाका लागि उनलाई लैजान लागिएको बताएका छन् । किशोरीले त्यहाँ पुगेर केही काम गर्नु नपर्ने र पुजामा बसे चाहेअनुसारको रकम दिने भन्दै प्रलोभन देखाएको किशोरीको भनाई छ । पूजामा गुरु आउने र उनीसँगै बस्नुपर्ने भन्दै फकाएको पनि किशोरीले बताइन् । पूजाको नाममा फकाएर किशोरीलाई भारतमा बेच्न लैजान लागिएको हुनसक्ने प्रहरी निरीक्षक चन्दले बताउनुभयो । एक महिनासम्म चल्ने पूजामा १ करोड भन्दा बढी कमाई हुन्छ भन्दै बालिकालाई फकाएको देखिएको पनि उहाँले बताउनुभयो । किशोरीलाई माइती नेपालमा राखिएको छ भने पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ ।  

२०७५ जेठ २० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: