A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session1a6ce459hpr1mqls77cl41aeh1sbeovk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

लागुऔषधसहित दुई पक्राउ

उदयपुरमा लागुऔषधसहित दुई पक्राउ परेका छन् भने एक जना फरार भएका छन। गाईघाट बजारमा लागुऔष ल्याई बिक्री गर्ने त्रियुगा नगरपालिका १२ बस्ने १४ वर्षे पुष्पपारस राई र त्रियुगा नगरपालिका १६ बस्ने १६ वर्षे मिलन राईलाई प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका ६ चुरिया जंगलबाट पक्राउ गरेको बुधबार विहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो। उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले पत्रकार सम्मेलनमा पक्राउ पर्ने पुष्पपारसको साथबाट फेरागन ५, जुपिजेसिक ५, हाईजेलाव ५, सिरिन्ज एक थान वरामद भएको जानकारी दिए। ‘तीन जना सँगै हिडिरहेका रहेछन,’ एसपी भट्टले भने, ‘प्रहरीको सोधपुच्छको वेला पुष्पपारस पक्राउ परे पनि दुई भागे, पुन प्रहरीले खोजी गरेर मात्र मिलनलाई पक्राउ गरेको हो।’ प्रहरीले पक्राउ परेको दुवै लागुऔषध सेवनकर्ता र बिक्री वितरण गर्ने नाइके समेत रहेको दाबी गरेको छ। झोला फ्याकी मिलनसँगै भागेको निर्जन खड्का फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ। खड्काको झोलाबाट जम्मा ५ सय ८८ एम्पुल लागुऔषधसहित फेला परेको प्रहरीको भनाइ छ। झोलाबाट डाईजोल्याप १९६ एम्पुल, फेनारगन १९६ एम्पुल, लुपिकजेशिक १९६ एम्पुल र सिरिन्च २३ बरामद भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष ०७४(०७५ को गएको साउन १ गतेदेखि हालम्मस लागुऔषध सहित १ सय ५३ जनालाई पक्राउ छन्। जसमा ८८ वटा मुद्धा अदालतमा दर्ता गरेको छ। १ सय १८ जनलाई धरौटीमा छाडेको समेत पत्रकार सम्मेलनमा एसपी भट्टले बताए। उनका अनुसार २ जना फरार छन भने १९ जना पुर्पक्षको लागि थुनामा राखिएको छ। प्रहरीको तथ्याङ्क अनुसार हालसम्म बरामद भएको लागुऔषध फेरागन ५ सय ९५, लुपिजेसिक २ सय ९०, डाइजेलाव ५ सय ९४, नुरफिन २ सय ९९, नाइटोशन ५ सय ३६, गाँजा ५ केही २ सय ७० ग्राम, स्पास्मोपोक्सिनवान १ सय २८ र एक कठ्ठा जगगामा लगाइएको आफिम खेती नष्ट गरिएको जानकारी दिएको छ।

२०७५ जेठ २३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: