A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj5irkc1vle3d8vp3v0m8oipipv5dgv3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी दिनहुँ बिरामी

बाँफिकोट गाउँपालिका–१, लागिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी सातादेखि विरामी पर्न थालेका छन् । दैनिकजसो विद्यार्थी विरामी हुन थालेपछि अभिभावक चिन्तामा छन् । जेठ १३ गतेदेखि हरेक दिनजसो  विरामी विद्यार्थी पर्न थालेका हुन् ।  विशेष गरी छात्रा बढी ग्रस्त छन् । विद्यार्थीमा आँखा रातो हुने, मुटु दुख्ने, भुइँमा लड्ने, मुर्छा पर्ने, हातखुट्टा बाङ्गिने समस्या देखिएको प्रधानाध्यापक गोविन्द मल्लले बताए । उनले पछिल्लो पटक आइतबार छाती, टाउको र पेट दुख्ने समस्या पनि विद्यार्थीमा देखिएको जनाए । विद्यार्थी विरामी भइरहेपछि गत बुधबारदेखि शनिबारसम्म विद्यालय बन्द गरिएको थियो । आइतबार विद्यालय खोलिएपनि विद्यार्थी उक्त समस्याबाट मुक्त हुन सकेनन् । आइतबार १२ जना विद्यार्थीमा उक्त समस्या देखिएको प्रअ मल्ले बताए । विद्यार्थीमा समस्या देखिएदेखि नै उपचार पनि भैरहेको छ । स्वास्थ्य चौकी पीपलका स्वास्थ्यकर्मी विद्यालयमै पुगेर उपचार गरिरहेका छन् ।

उपचार गर्दा ठिक भएको जस्तो हुने र भोलीपल्ट फेरि उस्तै समस्याका अरु विरामी फेला परिरहेको स्थानीय पवनकुमार चन्दले बताए । ‘हामीहरू समस्यामा छौं, दिनका दिन विद्यार्थीहरू अनौठो लक्षण देखिएर भुइँमै सुत्ने गरेका छन्,’ उनले भने, ‘पूराना निको भएपछि नयाँ विद्यार्थीमा उस्तै लक्षण देखिएका छन् ।’ केही विद्यार्थीमा दोहोरीएर उस्तै लक्षण देखिएको स्वास्थ्य चौकी पीपलका इन्चार्ज स्वास्थ्य सहायक सन्देश चन्दले बताए । उनले एक पटक उपचार गरेपछि केही बाहेक सबैलाई ठिक भएको पनि जानकारी दिए । देखिएका लक्षणका आधारमा फरक फरक औषधि र विधिबाट स्वास्थ्यकर्मी उपचार गरिरहेका छन् । स्वास्थ्य चौकी इन्चार्ज चन्दले धेरै संख्यामा विद्यार्थी विरामी भएपनि समस्या खासै ठूलो नभएको बताए । केही दिनदेखि बिरामी भैरहने जस्तो भएकाले विद्यार्थीमा मनोबैज्ञानिक त्रास कायमै रहेको उनको भनाई छ । ‘साइकोलोजिक्ल्ली इफेक्ट जस्तो देखिएको छ, धेरै विरामी हुँदा एउटालाई इन्जेक्सन दिँदा अरुले हामी ठिक छौं भनेर उठ्ने गरेका छन्,’ चन्दले भने, ‘यसैले पनि यो खास ठूलो समस्या होइन, शिक्षक, विद्यार्थी र अभिभावकलाई नआत्तिन भनेका छौं ।’विद्यालयले अब विरामी भएका बालबालिकालाई केही दिन विद्यालय नआउन भनेको छ । ‘विद्यालय बन्द गर्नुभन्दा पनि विरामी विद्यार्थीलाई केही दिन घरमै आराम गर्न भनिएको छ,’ प्रअ मल्लले भने, ‘रोगले च्यापेपछि अरु उपचारको लागि तयार हुन अभिभावकलाई पनि भनिएको छ ।’सुरुका दिनमा देखिएका लक्षणको आधारमा मास हिस्टेरियाको आशंका गरिएको थियो । तर पछिल्लो पटक ससाना बालबालिकालाई समेत त्यस्तो लक्षण देखिएपछि अर्के रोग हो कि भन्ने शंका गरिएको मल्लले बताए ।

२०७५ जेठ २१ गते ७:५३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: