A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmbk3itn043k01s9ua5nsbckl4m3ueb0a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दलित विद्यार्थी कुट्नेमाथि कारबाही गर्न प्रहरी प्रशासन मौन

रुपन्देहीको गैडहवा गाँउपालिका–५ स्थित एक विद्यालयमा दलित विद्यार्थी कुट्नेमाथि कारवाही गर्न प्रहरी प्रशासन मौन देखिएको छ । कुटपिट गरेको एक साता बितिसक्दा पनि निजमाथि प्रहरीले अझै कानूनी प्रक्रिया अगाडी बढाउन नसकेको कारण प्रहरी प्रशासन मौन देखिएको हो । रुपन्देहीको गैडहवा गाँउपालिका–५ श्री सिद्धार्थ गौतमबुद्ध आधारभूत विद्यालय बरगदवामा कक्षा ३ मा अध्यनरत छात्र प्रेमसागर धोबी  र कक्षा ७ निगम धोबीलाई गैडहवा–५ निवासी ४५ बर्षीय पूजारी भन्ने अमरिका यादवले आफ्नो छोरीसँग झैझगडा गरेको निहुँमा कूटपिट गरेको थिए । कूटपीट पश्चात यादवलाई प्रहरीले हालसम्म पक्राउ गरेर केही गर्न नसक्दा छोरा प्रेमसागरलाई मेडिकल कालेज भैरहवा जस्तो ठाँउमा दिनदिनै गई औषधी उपचार गराउन निकै आर्थिक कठिनाई व्योहोर्नु परिरहेको पीडितका बुआ दशरथ धवलले जानकारी दिए । कूटाईका कारण छोराको पढाई लेखाई हुन नसक्दा ओछ्यानमै सुतिरहेको अवस्थामा विद्यालय ब्यवस्थापन समिती र प्रहरी प्रशासन मौन रहेको हुँदा दलित विद्यार्थीलाई सरोकारवालाले न्याय दिलाउनका लागि उनले माग समेत गरे । दलित बिद्यार्थी कुट्नेमाथि कारवाहीका लागि पीडित र विद्यालय व्यवस्थापन समितीले ईलाका प्रहरी कार्यालय लुम्बिनी तथा पोहवा प्रहरी चौकीमा छुट्टाछुट्टै रुपमा जाहेरी दिँदा पनि कारवाही प्रक्रिया अगाडी बढाउन नसक्नु प्रहरी प्रशासनको लापर्वाही भएको उक्त विद्यालयका प्र।अ। सुर्यनारायण धवलले बताए । यसैगरी राजपा बिद्यार्थी संगठनका जिल्ला संयोजक चन्दन तिवारी र समाजवादी फोरम विद्यार्थी संगठनका जिल्ला अध्यक्ष मोहम्मद अलिले ४८ घण्टाभित्र पीडकमाथि कारवाही प्रक्रिया अघि नबढाए छुट्टाछुट्टै विज्ञप्तीमार्फत संर्घषमा उत्रिने चेतावनी दिएका छन् । 

२०७५ जेठ २४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: