A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncfro5o4kjsuvo6m8bhnnqe2s3uufr6lp): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपी दुई जनालार्इ एक वर्षपछि कैद सजाय तोकियो

पाँचथरमा छुट्टाछुट्ट्टै बलात्कारमा संलग्न दुई जनालाई पक्राउ परेको करिब एक वर्षपछि जिल्ला अदालत पाँचथरले आइतबार कैद सजाय तोकेको छ । अदालतले १५ वर्षीय बालिका बलात्कार गर्ने फिदिम नगरपालिका–१०, याङनामका श्यामप्रसाद हाङसरुम्बालाई तीन वर्षको कैद सजायको फैसला गरेको हो ।  बालिकालाई हाङसरुम्बाले ०७४ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । पीडितले दिएको उजुरीका आधारमा ०७४ जेठ २३ गते हाङसरुम्बा पक्राउ परेका थिए । उनलाई न्यायधीश मनोज केसीको इजलासले कैद सजाय फैसला सुनाएको हो । त्यस्तै ५४ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने हिलिहाङ गाउँपालिका–६ का पदमप्रसाद लावतीलाई पनि अदालतले जेल सजाय तोकेको छ । लावतीलाई न्यायधीश मनोज केसीको इजलासले पाँच वर्षको कैद सजाय र ५० हजार क्षतिपुर्ति भराउने फैसला गरेको हो । उनले गएको भदौ २१ गते ५४ वर्षीय महिलालाई करणी गरेको भनी पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । करणीपछि फरार रहेका लावतीलाई गएको पुष ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

२०७५ जेठ २० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: