A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

पुर्वी चितवनको खैरहनी नगरपालिकामा पर्ने लदरी खोलामा सोमबार पौडी खेल्न गएका तीन किशोरीहरु मध्ये डुबेर दुईजना किशोरीको ज्यान गएको छ ।चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार निधन हुनेमा खैरहनी नगरपालिका–३ का १३ वर्षीया करुणा  विक र १० वर्षीया रिया विक रहेका छन्। सोमबार मध्यान्ह घटना भएको थियो। उनीहरुसँगै पौडी खेल्दै गरेकी अस्मिता गौतमको सकुशल उद्दार भएको छ। ‘गाउँलेले बालिकाहरु डुबेको खबर गरेपछि प्रहरीको टोली उद्धारका लागि तत्कालै घटनास्थल गएको थियो। खोलाबाट निकालेर उपचारका लागि ल्याएकामध्ये दुईजनाको ज्यान गएको। अर्को एकजना अस्मिता गौतमको भने उपचार भइरहेको छ। उनको अवथ अहिले सामान्य छ’ डिएसपी ढकालले भने। करुणा र रिया खैरहनी नगरपालिका–३ बस्ने रवि बिकका छोरीहरु हुन्। अस्मिताको घर भने ललतपुर इमाडोल रहेको प्रहरीले जनाएको छ। खोलामा वर्षासँगै बाढी आउने क्रम बढेका कारण पौडी खेल्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधरणलाई अपिल गरेको छ।

 २०७५ साउन ७ गते ३:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: