A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भारतमा उद्धार गरिएका ४ बालकलाई स्वदेश ल्याइयो

भारतको एक बाल कल्याण समितिमा आश्रित चारजना नेपाली बालकलाई प्रवासी नेपाली मित्र मञ्च दिल्लीको सहयोगमा स्वदेश फर्काइएको छ । भारतका विभिन्न स्थानबाट उद्धार गरि उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहमा राखिएका ती बालकलाई मञ्चका पदाधिकारीले नेपाल ल्याएर शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जिम्मा लगाएका हुन् । रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली समक्ष मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले ती बालकले भारतमा पढ्दै गरेका शैक्षिक प्रमाणपत्र र अन्य विवरण हस्तान्तरण गर्दै जिम्मा लगाएका थिए । काठमाडौं कोटेश्वरस्थित सुन्दर बजार घर बताउने बिजय तामाङ्ग, कुसुमघाट घर बताउने राजेश कुमार र घर ठेगाना बताउन नसक्ने सन्तोष र सुमित कुमार नामका बालकलाई नेपाल ल्याइएको हो । उनीहरुलाई आफ्नो घर पुर्‍याउने पहल गर्न भारत सरकारले दिल्लीस्थित नेपाली दुतावासलाई पत्राचार गरेपछि दुतावासले यस बारेमा प्रवासी नेपाली मित्र मञ्चलाई जानकारी गराएपछि स्वदेश फर्काउन पहल गरिएको मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताए । मञ्चका अनुसार ११ देखि १४ बर्ष उमेरका ती बालकमध्ये एकजना घरबाट भागेर भारत पुगेका थिए । अन्य भारतकै बिभिन्न सामाजिक संस्थाले भारतबाटै उद्धार गरि बाल कल्याण समितिमा पुर्‍याएका थिए । प्रहरी उपरीक्षक ज्ञवालीले बालकहरुलाई घर पुर्‍याउन पहल गर्ने बताए ।

२०७५ साउन ५ गते १२:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: