किशोरीलाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा एकजना पक्राउ
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादीको लक्ष्मीपुर गाउँ निवासी ४५ वर्षीय केदार भण्डारीलाई पक्राउ गरेको छ ।भण्डारीले किशोरीलाई तीन महिनादेखि शारीरिक शोषण गर्दै आएको पीडितले बताएकी छिन । भण्डारीलाई आइतबार रंगपुर प्रहरी चौकीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । भण्डारीबिरुद्ध पीडित किशोरीका बावुले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन । भण्डारीबिरुद्ध आवश्यक अनुसन्धान गरि मुद्धा चलाउने पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।
२०७५ साउन ७ गते प्रकाशित