A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फिरौती बुझाए पनि फिरेनन् बालक

एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए । अपहरणकारीले थुप्रै शर्त तेर्साइरहँदा ललनले एउटै शर्त राखे ‘छोरालाई यातना नदिई सकुशल फिर्ता गर्नुपर्छ ।’ त्यसबापत अपहरणकारीका सबै शर्त मान्न उनी तयार भए र मागअनुसार एक करोड दुई लाखभन्दा बढी रकम फिरौती बुझाए । भारतको बेतिया पुगेर ६४ लाख भारतीय रूपैयाँ बुझाएपछि छोरा फिर्ता आउने आशमा थिए ललन र उनकी पत्नी संगीता । तर अपहरणकारीसामु ललनले सुरुमै राखेको एउटै सर्त पूरा हुन सकेन । फिरौती बुझाएको एक सातापछि अंकितको हत्या भएको खबर आयो । ललनको परिवार खबरलाई विश्वास गर्न तयार भएनन् । अपहरणकारीले फोन संवादमा अंकितलाई यातना नदिई सकुशल रिहा गर्ने वाचा गरेको थियो । घटनाको अनुसन्धानमा खटिएको बारा प्रहरीले अंकितको हत्या भइसकेको हुन सक्ने बताएपछि ललन परिवार मात्र नभई सिंगो जीतपुर यतिबेला शोकमा डुबेको छ । गत जेठ २२ गते मंगलबार साँझ साथीको घरमा खेल्न गएका बेला अंकित अपहरणमा परेका थिए । पाँच छोरी र दुई छोरामध्येका कान्छा अंकित विद्यालयबाट फर्किएपछि केहीबेर खेल्न साथीको घर जान्थे । त्यसदिन रातिसम्म घर नफर्किएपछि गुप्ता परिवारले प्रहरीलाई खबर गरे । सोही दिनदेखि घटनाको अनुसन्धान थालेको बारा प्रहरीले ५०औं दिनमा साउन ८ गते ९मंगलबार० अंकितको हत्या भएको हुन सक्ने सूचना ल्याएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्साको पोखरिया नगरपालिका घर भई हाल वीरगन्ज महानगरपालिका–२४ बस्ने रामप्रवेश साह गोढलाई साउन ७ गते पक्राउ गरेपछि अंकित हत्याको रहस्य खुलेको हो । फिरौती रकम माग गर्न प्रयोग गरिएको भारतीय फोन नम्बरको आधारमा साहलाई पक्राउ गरिएको बारा प्रहरीको भनाइ छ । पक्राउ परेका साहको बयानपछि बालकको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो । साहले फिरौती रकम लिएपछि अंकितको हत्या गरी पर्साको जगरनाथपुरस्थित गण्डक नहरमा बोरामा हालेर शव फालेको बयान दिएका थिए । साहको बयान अनुसार असार ३२ गते अंकितको हत्या गरी शव फालिएको थियो । गुप्ता परिवारले असार ३० गते बेतिया पुगेर फिरौती बुझाएका थिए । फिरौती लिएको दुई दिनपछि अंकितको हत्या भएको हुन सक्ने बताइएको छ । बारा प्रहरी भने गण्डक नहरमा भेटिएको शवबारे अनविज्ञ रहेको थियो । एकअर्कासँग जोडिएको बारा र पर्साका दुई सुरक्षा निकायबीचको समन्वयको अभाव अनुसन्धानमा देखिएको छ । करिब डेढ महिनादेखि जीतपुरबाट बालक अपहरणमा परेको विषयमा जानकार पर्सा प्रहरीले बालकको बेवारिसे शव भेटेपछि बारा प्रहरीसँग समन्वय समेत नगरेको देखिन्छ । अपहरणमा संलग्न व्यक्ति पक्राउ परेपछि मात्रै अंकितको शवसम्म बारा प्रहरी पुगेको हो । पर्सा प्रहरीले बेवारिसे भन्दै नारायणी उपक्षेत्रीय अस्पतालको शवगृहमा बुझाएको शव अस्पतालले वीरगन्ज महानगरपालिकाको सहयोगमा गाडिसकेको थियो । घटनाको रहस्य खुल्दै गएपछि बारा प्रहरीले गाडिएको स्थानबाटै उत्खनन् गरी अंकितको शवको डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । शव पहिचान हुन नसकेपछि प्रहरीले डीएनए परीक्षणका गर्न लागेको हो । शव भेटिएकै क्रममा पर्सा प्रहरीले खिचेको फोटोका आधारमा सो शव अंकितको हुन सक्ने परिवारका सदस्यले बताएका छन् । अनुहार चिन्न नसक्ने भए पनि पक्राउ परेका व्यक्तिको बयान, बालकको लुगा र घाँटीमा लगाएको हनुमानको लकेटले शव अंकितको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ । डीएनएका लागि उत्खनन गरिएको शव परिवारकै उपस्थितिमा पुनः गाडिएको प्रहरीको भनाइ छ । घटनापछि जीतपुरका स्थानीय बासिन्दा आन्दोलित बनेका छन् । अपहरणलगत्तै अंकितको उद्धार गर्न प्रहरीले सक्रियता नदेखाएको स्थानीयको आरोप छ । जीतपुरमा लामो समयदेखि खाद्यान्न व्यापार गर्दै आएका गुप्ताको छोरा अंकितको हत्या गरिएको विरोधमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले बुधबार बजार बन्द गर्नुका साथै विरोध ¥याली निकालेको छ । ¥यालीमा अंकितको परिवार, स्थानिय व्यापारी, नागरिक, विद्यार्थीलगायत सहभागी थिए । बाराका प्रहरी प्रवक्ता रंजीतसिंह राठौरले घटनामा संलग्न एक व्यक्ति पक्राउ गरिएपछि थप कुरा खुल्दै गएको र चाँडै नै घटनाबारे सार्वजनिक गर्ने बताएका छन् । ‘हामीले घटनालाई गम्भीरताका साथ लिएका छौं’, उनले भने ‘त्यसैले पनि एक जना पक्राउ गर्न सफल भयौं, संलग्न अन्यलाई समेत चाँडै पक्राउ गर्नेछौं ।’साहको प्रारम्भिक बयानअनुसार अंकितलाई जीतपुरबाट मोटरसाइकलमा राखेर लगिएको र घटनामा अन्य चार जनाको संलग्नता रहेको प्रवक्ता राठौरको भनाइ छ ।घटनापछि जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबार बारा र पर्साका सुरक्षा निकायलाई अनुसन्धानमा गम्भीरता साथ लाग्न आग्रह गरेको छ । उपमहानगरपालिकाले यस्तो घटना दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति बनाउन आग्रह गरेको मेयर डा। कृष्ण पौडेलले बताए ।छलफलमा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलसहित दुवै जिल्लाका सुरक्षा अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरी, प्रशासकीय अधिकृत शिवकुमार कार्की, नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहलगायत स्थानीय व्यापारी, पीडित परिवार र स्थानीय उपस्थित थिए । पीडितसँगको भेटमा प्रशासन र सुरक्षा निकाय प्रमुखले घटनामा संलग्न सबै दोषीलाई पक्राउ, फिरौती रकम फिर्ता र शान्तिसुरक्षा अवस्था अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए । घटनापछि जीतपुरका अधिकांश विद्यालय बुधबार बन्द रहे । यसैगरी नेपाल कम्युनिस्ट पार्टी, जीतपुरसिमरा नगर कमिटीले घटनाको विरोधमा विज्ञप्ति जारी गर्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

२०७५ साउन १० गते ०५:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: