A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरी बचाऊ, छोरी पढाऊ

विराटनगर महानगरपालिकाले ‘छोरी बचाऊ, छोरी पढाऊ’ योजनाअन्तर्गत दास्रो सन्तान छोरी जन्माउनेलाई पनि प्रोत्साहन भत्ता दिने भएको छ । यसअघि पहिलो सन्तान छोरी जन्माउनेलाई ३ हजार नगद दिन गरेको थियो । महानगरले ‘उपप्रमुख योजना’ अन्तर्गत पहिलो र दोस्रो छोरी जन्माउनेलाई ३/३ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । गत वर्ष महानगरले छोरी बचाऊ योजना अन्तर्गत ५६ दम्पतीलाई ३/३ हजार पुरस्कार प्रदान गरेको छ । महानगरले उक्त योजनालाई नै यस वर्ष उपप्रमुख योजनाअन्तर्गत ‘छोरी बचाऊ, छोरी पढाऊ’ योजना ल्याएको हो । विराटनगरका रोनी विश्वकर्मा र मनिष विश्वकर्मा दम्पतीले पहिलो सन्तान छोरी पाएपछि विराटनगर महानगरपालिकाले बधाइसहित ३ हजार नगद प्रदान गरेको थियो । २३ वर्षीया रोनीले उक्त रकम ६ महिनाकी छोरी कृष्णा कुमारीका लागि बैंकमा खोलेको बचत खातामा जम्मा गरेको बताइन् । ‘छोरी जन्मेको सुन्ने बित्तिकै समाजमा अहिले पनि नाक खुम्चियाउने चलन छ, उनले भनिन्, पुरस्कारले छोरीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।

गत वर्ष पहिलो छोरी जन्माउने दम्पतीलाई पुरस्कृत गरेको महानगरले चालु आर्थिक वर्षमा पहिलो र दोस्रो छोरी जन्माउनेलाई पुरस्कृत गर्ने योजना ल्याएर महिलाको मान बढाएको उनी भन्छिन् । छोरीलाई हेला गर्ने समाजमा पुरस्कृत गरेर प्रोत्साहन गर्दा महिलाले सामाजिक विभेदबाट मुक्ति पाउने आस जागेको उनले सुनाइन् । विराटनगर १८ का २४ वर्षीया पूजादेवी साह र साजन कुमार साह दम्पतीले पनि पहिलो छोरी जन्माए बापत महानगरबाट बधाइसहित ३ हजार पुरस्कार पाएका थिए । उनीहरूले महानगरको दोस्रो छोरी जन्माउनेलाई पनि पुरस्कार दिने योजनाले गर्भमा लिङ्ग पहिचान गराएर गर्भमा नै बच्चाको हत्या गर्ने घट्ना न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् । पुरस्कृत हुन बच्चाकी आमाको २० वर्ष उमेर पूरा भएपछि विवाह गरेको, गर्भधारण गरेदेखि नियमित ७ पटक स्वास्थ्य परीक्षण गराएको, नेपाली नागरिकता प्राप्त गरेको, स्वास्थ्य संस्थामा बच्चा जन्माएको र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने सर्त महानगरको छ । महानगर उपप्रमुख कार्कीले छोरी बचाऊ अभियान सँगसँगै बच्चाकी आमाको स्वास्थ्यलाई ख्याल गर्न सर्तहरू तोकिएको बताइन् । ‘पितृ सत्तात्मक राज्य व्यवस्थामा बुहारीलाई नागरिकता बनाउन गरिने ढिलासुस्ती र त्यसबाट उत्पन्न हुने विभिन्न खाले महिला हिंसा रोक्न पनि यो अभियानले मद्दत पुग्छ,’ उनले भनिन्, ‘यस अभियानले समयमा जन्मदर्ता भएपछि बच्चाले पहिचान प्राप्त गर्न सहज हुन्छ ।’गर्भमा रहेको बच्चाको लिङ्ग पहिचान गरी गर्भ तुहाउने क्रम बढदै गएकाले महानगरका जननिर्वाचित प्रतिनिधिले पहिलो र दोस्रो नगरसभामा पारित गरेको बजेटमार्फत पहिलो सन्तान छोरी जन्माउनेलाई नगद तीन हजार प्रदान गरी छोरी बचाऊ, छोरी पढाऊ योजना ल्याएको हो । कार्कीले समाजमा विद्यमान छोराछोरीबीचको विभेद अन्त्य गरी समतामूलक समाज स्थापना गर्न यस योजनाले सहयोग पुग्ने बताइन् । ‘छोरीप्रतिको नकारात्मक सोच परिवर्तन आवश्यक छ किनकि आफू पनि एउटी छोरी आमा भएपछि जन्म लिएकी छु,’ उनले भनिन्, अहिलेका विद्वत् समाजले समेत त्यही छोरी, आमालाई गर्भमा नै लिङ्ग पहिचान गरेर हत्या गर्ने घृणित कर्मलाई न्यूनीकरण गर्न यो योजना ल्याएका हौं ।’ यो योजना छोरीप्रतिको धारणामा परिवर्तन ल्याउने कोशेढुंगा सावित हुने विश्वास लिएको उनले बताइन् ।‘कानुनले बर्जित गरे पनि प्रत्येक स्वास्थ्य संस्थामा गर्भ पहिचानको खेल भइरहेको छ,’ उनले भनिन्, ‘यसका लागि पनि अब विशेष सुराकी खटाएर यस्तो कुकृत्य कामलाई रोक्ने योजना छ ।’ संसारमा छोरी नभएपछि प्रकृति नै विनाश हुने अवस्थाका बारेमा सबैलाई बुझ्नु आवश्यक रहेको उनले सुनाइन् । यहाँका समाजमा छोरी जन्माउने आमाहरू सामाजिक र पारिवारिक हिंसाको सिकार हुन बाध्य हुनुपर्ने परम्परा समाजबाट हटाउन यो योजना ल्याएको उनी भन्छिन् । छोरी बचाऊ योजनाअन्तर्गत गत आर्थिक वर्षमा महानगरले १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतीलाई ३/३ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ पुरस्कार वितरण गरेको छ ।

 २०७५ साउन २ गते ७:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: