गोरखामा पहिरोले घर भत्काउँदा ८ महिने बालकसहित ३ को मृत्यु
शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाको ज्यान गएको छ । बुधबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको ज्यान गएको स्थानीय व्यापारी कृष्ण कुँवरले जानकारी दिए।सरु र युनिक आमा छोरा हुन्। ‘बिहान साँडे ६ बजेतिर पहिरोले घरको पछाडिको भाग पुर्यो, बन्चरोले कोठा फोडेर हेर्दा मान्छेको ज्यान गइसकेको रहेछ,’ कृष्णले भने। पहिरोका कारण उत्त स्थानमा नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन। ‘वैकल्पीक बाटोको प्रयोग गरि सेना र प्रहरी पुग्दैछन्,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले भने।
२०७५ साउन २ गते १०:४२ मा प्रकाशित