समाचारमा बालबालिका

आगलागीमा पाँच वर्षकी बालिकाको ज्यान गयो

चन्दननाथ नगरपालिका २ का कर्णप्रसाद कुमाईंको घरमा आगलागी हुँदा पाँच वर्षकी कृष्मा कुमाईंको ज्यान गएको छ । राति घरमा आगो लाग्दा कर्णप्रसादकी पाँच वर्षकी छोरी कृष्माको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीबाट झण्डै २४ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । 

२०७५ साउन १० गते प्रकाशित