समाचारमा बालबालिका

करणीको आरोपमा ८२ वर्षीय खत्री पुर्पक्षका लागि जेल चलान

तीन बालिकालाई लामो समयदेखि करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका(४ का ८२ वर्षीय रामु खत्री पुर्पक्षका लागि जेल चलान भएका छन् । वैशाख ८ देखि असार २४ गतेसम्म मिठाई खान दिन्छु भनी कोठामा लगेर पालैपालो करणी गरेको अभियोगमा पक्राउ परेका खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले मंगलबार अन्तिम फैसला नहुँदासम्म कारागार राख्न आदेश दिएको हो । खत्री घोराही कारागार चलान भएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

 २०७५ साउन ९ गते ४:३६ मा प्रकाशित