A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

जबरजस्ती करणी (अप्राकृतिक मैथुन) गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन्। फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ बर्षीय खिलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो। देबिस्थानकै स्थायी वासिन्दा पौडेलले विद्यालयमै अध्ययनरत तीन  बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सात बर्षदेखि १२ बर्षबीचका बालिकालाई विभिन्न मितिमा ललाईफकाई तथा डर त्रास र धम्की दिएर अप्राकृतिक रुपमा मैथुन गराउँदै आएको प्रहरीको दाबी छ। अभिावकबाटै उजुरी आएपछि उनलाई पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। स्रोतका अनुसार उनलाई अभिभावकले नै नियन्त्रणमा लिएर कालोमोसो समेत दलेर प्रहरीलाई बुझाएका थिए। ती बालिकाले आइतबार मात्रै आफ्ना अभिभावकलाई घटनाका बिषयमा जानकारी दिएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका पौडेललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको उनले बताए। 

 २०७५ साउन ७ गते ९: ४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: