A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छ वर्षीया छोरी बलात्कार गर्ने काका फरार

६ वर्षीया बालिकाले जब आफ्नो आमालाई बलात्कृत भएको सुनाइन् तब उनको होसहवास उड्यो। यो घटना सप्तरीको कञ्चनरुपमा हालै घटेको हो। रुँदै गरेकी छोरीले बजारबाट घर फर्केकी आमालाई बलात्कारको घटना पहिलो पटक नभएर बारम्बार हुने गरेको बताए पछि उनी छाँगाबाट खसिन्। छोरीको कुरा सुनेपछि उनले बालिकासँग सोधपुछ गरिन्। त्यसपछि झन् आश्चर्यजनक कुरा खुलासा भयो। बालिकाका अनुसार उनीमाथि यस्तो घटना गर्ने अरु कोही नभएर २५ वर्षीय उनकै सहोदर काका थिए। काकाले खानेकुराको लोभ दिएर, धम्की दिएर, डरत्रास देखाएर धेरै पटक बलात्कार गरिसकेको उनले खुलासा गरिन्। बालिकाको काकाले आमा/बाबु घरमा नभएको बेला आफ्नी भतिजीलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ। कराउन खोज्दा मुख थुन्ने गरेको पीडितले बताइन्। पीडितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी मंगलबार उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले बताए। बालिका जन्मिएपछि उनका आमाबुवा चार वर्ष अघि गाउँबाट कञ्चनरुप बजार आएर व्यापार व्यावसाय गर्न थालेका थिए। कञ्चनरुप बजारमा घर बहाल लिएर बसेका पीडितका बुवाले छोरीको संरक्षणका साथै पढाइका लागि भाइलाई आफ्नै भाँडाको घरमा राखेका थिए। भाइ घरमा रहेका बेला पीडितका बुवाआमा दिनभरी घरदेखि टाढा रहेको पसल सञ्चालन गर्न जान्थे। घरबाहिर काममा गएका बेला घरकोठामा कोही नभएको मौका पारी डरत्रास देखाई संरक्षणका लागि राखेका काकाले नै बालिकाको बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे उजुरी दिन पीडितका बुबाआमा प्रहरीसमक्ष गएपछि आरोपित फरार भएका छन्। पीडितका बुवाले प्रहरीमा दिएको उजुरी दर्ता गरी फरार रहेका आरोपितको खोजीकार्य भइरहेको इन्स्पेक्टर विष्टले बताए। यसअघि खडक नगरपालिका ९ की ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा मृतककै दाजु (ठूलोबुवाको छोरा) १८ वर्षीय राजदेव मण्डल फागुन २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। मुख थुनेर माघ २५ गते साँझ बलात्कार गरेपछि रुन थालेकी बालिकाको आवाज अन्य मानिसले थाहा नपाउन भनेर पीडितकै कुर्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी मुकेशकुमार सिंहले बताए। सात महिनाको अवधिमा सप्तरीमा बालिका बलात्कारका २४ घटना घटेको सप्तरी प्रहरीको तथ्यांकमा  छ। दुई/तीन वर्षीया बालिकासमेत पीडित भएका बलात्कारका घटनामा अधिकांश आफन्त र छिमेकी रहेका छन्।

 २०७५ साउन १० गते १:३८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: