A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj6kfvlm8e9pmqm9fh9uvc8oel5edske8): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

शिक्षक पाल्न नसकेको भन्दै यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई टहरामै छाडेर भूकम्प पछिको पुर्ननिर्माण अन्तर्गत सरकारले बनाईदिएकोको भूकम्प प्रतिरोधी भवन एउटा बित्तिय संस्थालाई भाडामा लगाईदिएको छ। जिल्लाको दक्षिणी मेलुङ गाउँपालिका ४ स्थित भेड्पु गाउँमा रहेको भीम माध्यामिक विद्यालयले शिक्षक पाल्न नसकेर आर्थिक रुपले समस्यामा परेको भन्दै भर्खरै पुर्ननिर्माण सकिएको विद्यालय भवन सानिमा बैंकको शाखा सञ्चालनका लागि १० बर्षका निम्ती मासिक १५ हजार आउने गरी भाडामा दिएको हो। सरकारले विद्यालय पुर्ननिर्माण अभियान अन्तर्गत भूकम्पमा क्षती पुगेका सामुदायिक विद्यालयहरुमा भूकम्प प्रतिरोधी भवन निर्माण कार्य प्रभावित जिल्लाहरुमा अन्तिम चरणमा छ । भूकम्प लगतै तत्कालिन समयमा विद्यालय सञ्चालनका लागि सरकारले अस्थायी सिकाई केन्द्र ९टहरा० निर्माण गरेको थियो। टहराबाट विद्यार्थीलाई पक्की भवनमा सानुपर्नेमा पक्की भवन बैंकलाई भाडामा लगाएर विद्यालयले बालबालिकालाई फेरी टहरामै सिमित गरेको गाउँका एक स्थानीयले सुनाए । ‘बच्चाहरु ३ बर्ष देखि टहरामा बसेर पढिरहेका छन’ ति स्थानीयले टेलिफोनमा भने – ‘नयाँ घर बनेपछि कक्षाकोठाहरु टहराबाट त्यहाँ सारौं भन्दा आर्थिक रुपमा स्कुल टाट पल्टीयो भनेर बैंकलाई भाडामा पो दिए। पुर्ननिर्माण प्राधिकरणले स्थानीय उपभोक्ता मार्फत विद्यालयमा ९१ लाखको लागतमा ६ कोठाको २ तले भवन निर्माण गरेको थियो । विद्यालयले सानिमा बैंकको शाखा सञ्चालनका लागि  ६ ओटा मध्ये ४ ओटा कोठा सानिमा बैंकलाई मासिक १५ हजार रुपैंयामा भाडामा दिएको हो । बाँकी २ ओटा कोठामा भने विद्यालयको अफिस ९कार्यालय० र पुस्तकालय सञ्चालन गरिएको छ। बैंकसंग गरिएको १० बर्षे सम्झौतामा बार्षिक १० प्रतिशतका दरले भाडा बृद्धी हुने उल्लेख छ। देशका प्रत्येक स्थानीय तहमा यही आर्थिक बर्ष भित्र कम्तीमा एउटा बैंक पुर्याउने नेपाल राष्ट्र बैंकको निती अनुसार मेलुङ गाउँपालिकामा सानिमा बैंकको शाखा खोलिएको हो। विद्यालयका प्रधानाध्यापक सचिन थोकरले निजी स्रोतका शिक्षक पाल्न गाह्रो परेका कारण भवन भाडामा लगाउनुपरेको सुनाए । ‘माध्यमिक बिद्यालयमा सरकारी दरबन्दीका शिक्षक स्थायी २ जना र अस्थायी १ जना गरेर ३ जना मात्र छौं, अरु केही राहत कोटा हुनुहुन्छ’ उनले भने – ‘शैक्षिक गुणस्तर बढाउन निजी स्रोतका शिक्षक भर्ना गरिएकाले उनिहरुलाई तलब खुवाउन कठिनाई भएका कारण बाध्य भएर भाडामा दिनुपरेको हो। 

विद्यालयमा गुणस्तर बढाउन भौतिक पूर्वाधार बलियो भएर मात्र नपुग्ने थोकरको तर्क छ। उनले विद्यालय आर्थिक समस्याको चपेटामा रहेको साथै हाल विद्यार्थी पढ्दै आएका अस्थायी टहराहरु सुरक्षित रहेकाका कारण बाध्यताले भवन भाडामा दिनुपरेको सुनाए।  बालबिकास केन्द्र देखी १० कक्षा सम्म पढाई हुने विद्यालयमा १ सय ७० जनाले पढ्छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बीका गोलेले भने विद्यालय भवन अस्थायी प्रयोजनका लागि मात्र भाडामा दिईएको दाबी गरे । ‘गाउँमा बैंक सुविधा आयो, अन्यत्र घर नभेटेका कारण हाम्रै भवनमा बस्छु भनेर प्रस्ताव लिएर आए’ उनले भने – ‘विद्यालयलाई पनि शिक्षक पाल्न नसकेर आर्थिक संकट थियो, त्यसैले ६ महिनाका लागि भाडामा दिएका हौं’  । उनले विद्यालयमा विद्यार्थी संख्या कम रहेको र हालका अस्थायी सिकाई केन्द्रहरु बलियो रहेकाले घर भाडामा दिएर बिद्यार्थी माथी असर नपर्ने दाबी गरे। विद्यालय भवन एकान्त स्थानमा छ । विद्यालय भवनको माथ्लो क्षेत्र मानेडाँडामा समेत केही पक्की घर छन् । यस्तै मेलुङ बजारमा समेत केही घर छन जहाँ प्रहरी चौकी समेत छ । तर बैंकले यही विद्यालय रोज्नुको कारण विद्यालय रहेको क्षेत्र सबै वडाहरुलाई पायक पर्ने गरी गाउँपालिकाकै मध्य भागमा रहेकाले हुन सक्ने स्थानीयले लख काटेका छन्। सानिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत राजु श्रेष्ठले गाउँपालिकाको सिफारिस र अनुमतीमै बैंकको शाखा विद्यालय भवनमा स्थापना गरेको दाबी गरे । ‘अन्यत्र सुरक्षित र भरपर्दो भवनहरु नै पाईएन’ उनले नागरिकसंग भने – ‘त्यसैले गाउँपालिका कार्यालय र त्यहाँका अध्यक्ष ज्युको सिफारिसमै तत्कालका लागी बिद्यालय भवनमा शाखा खोलेका हौं’ । उनले १० बर्षका लागि सम्झौता भएपनि बढीमा २ बर्ष मात्रै विद्यालय भवनमा बस्ने र अन्यत्र भौतिक पूर्वाधार व्यवस्था गरेर सर्ने उनले जानकारी दिए ।

‘पठनपाठनमा अवरोध हुदैन’

मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले सुरक्षाको दृष्टीकोणले अन्यत्र भवन नपाएका कारण बाध्यतावस तत्कालका लागी बैकलाई विद्यालय भवन उपलब्ध गराउनुपरेको सुनाए। ‘बैंक नहुँदा जनताले दुस्ख पाईरहेका थिए, बल्ल बल्ल बैंक आयो तर सुरक्षाका दृष्टीकोणले उपयुक्त भवन गाउँभरी काही पनि पाईएन’ उनले भने – ‘त्यसैले अस्थायी प्रयोजनका लागि बिद्यालय भवन दिएका हौं’ । श्रेष्ठले बैंकका लागि बस्न योग्य घर भर्खर मात्र निर्माण शुरु हुने चरणमा रहेकाले त्यस्ता सुरक्षित घर बनिसकेपछि बैंकको कार्यालय सारनिे बताए’ । उनले पठनपाठनमा कुनै बाधा नपुग्ने र ६ महिना भित्र भीम माविमा गाउँपालिकाले छुट्टै भवन बनाएर उक्त विद्यालयको शैक्षिक गुणस्तर अझ सुधार्ने बताए।

२०७५ साउन २ गते २:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: