A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7h1873rmduu9foo933o3fk00ld42ot7p): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भारतीयले बन्धक बनाइएका बालकको घाइते अवस्थामा उद्धार

भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु निरौलाका अनुसार भारतीय नागरिक २५ वर्षीय ओमप्रकाश सिंहले बुधबार साँझ ६ बजेतिर गौरीगञ्ज गाउँपालिका वडा नं। ३ का ताजपुरियालाई चक्कु देखाएर नियन्त्रणमा लिएका थिए । अभियुक्त सिंहले नेपाली बस्तीमा प्रवेश गरेर बालकलाई उनकै घरको कोठामा करिब एक घण्टा बन्धक बनाएको प्रहरीको भनाइ छ । बन्धक बनाएको खबर पाएर आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कोठाको ढोका फोडी बालकको उद्धार गरेको थियो । प्रहरीले उद्धारका लागि ढोका फोडेर प्रवेश गर्दा अभियुक्त सिंहले बालकलाई घाँटीमा छुरा प्रहार गरी घाइते बनाएको प्रहरी सहायक निरीक्षक निरौलाले बताए । उद्धारपछि घाइते बालकको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । उनको घाँटीमा सात टाँका लगाइएको प्रहरीले जनाएको छ । अभियुक्त सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्धक बनाउनुको कारण र समग्र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

२०७५ साउन ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: