बाल्टिनमा डुबेर बालकको मृत्यु
पानी भरिएको बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई चाँगुनारायण–३ झौखेल बस्ने देवेन्द्र श्रेष्ठका छोरा २ वर्षीय प्रत्रुश श्रेष्ठको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो आँगनमा खेलिरहेको अवस्थामा भरिएको बाल्टिनमा डुबेर बेहोस भएको र उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए।
२०७५ भदौ १९ गते ६:१४ मा प्रकाशित