A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ

१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका-१ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका-५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउसमा काम गर्छन्। उनीहरुले साउन २९ गते ती किशोरीलाई सामूहिक बलात्कार गरेका थिए। दबाबका कारण बलात्कारको घटना ढिला सार्वजनिक भएको हो। दमकमा डेरा गरेर बस्ने उनी कक्षा ९ मा अध्ययन गर्छिन्। एक्लै बसेको थाहा पाएपछि सुमनले ललाइफकाई बाइकमा राखेर घुमाउन लगेका थिए। बाइकमा राखेर घुमाउन लाने क्रममा सुमनले साथी समिरलाई पनि बोलाएका हुन्। उनीहरु त्यस दिन मोरङको उर्लाबारी, बेतिनी सिमसार, मधुमल्लालगायत स्थानमा दिनभरि घुम्ने र रमाइलो गरेका थिए। बेलुका दमक फर्किएपछि सुमनले किशोरीलाई गेष्ट हाउस लगे। उनीहरु रातभर त्यही बसे। बिहानको ३ बजेतिर उठेर सुमन नास्ता लिन गएको भन्दै गेष्ट हाउसको कोठाबाट बाहिरिएका थिए। सुमन बाहिरिएपछि कोठामा समिर पसेको बताइएको छ। एकैछिन पछि गेष्टहाउसमा काम गर्ने किरण पनि कोठाभित्र पसे। प्रतिकारबीच उनीहरुले सामूहिक बलात्कार गरेको इलाका प्रहरीका डीएसपी श्यामलकुमार सुब्बाले बताए। बलात्कारका क्रममा चिच्याएको गेष्ट हाउस आसपासका बासिन्दाले समेत सुनेका थिए। डरधम्की देखाएपछि उनले घटना सार्वजनिक गरेकी थिइनन्। त्यसलगत्तै उनी घर गएकी थिइन्। घरबाट फर्किएपछि गेष्ट हाउसनजिकैकाले सोधीखोजी गर्दा घटना बाहिर आएको डीएसपी सुब्बाले बताए। बलात्कार आरोपीलाई प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको छ। उनीहरु पक्राउ परेलगत्तैदेखि मिल्न पीडित पक्षलाई दबाब आउन थालेको छ। दबाबका कारण किशोरी डेरामा बसेर विद्यालय जान पाइरहेकी छैनन्। दैनिकजसो नयाँ अनुहारका व्यक्ति आएर मिल्न दबाब दिएपछि उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन्। 

२०७५ भदौ १८ गते ५:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: