A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione71kgsvl8lkijnl05ii0gpvum59bjkka): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कैलालीमा आफ्नै छोरीकी साथीमाथि बलात्कार

कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले मुलुकलाई नै स्तब्ध बनाएका बेला कैलालीमा एक पुरुषले आफ्नै छोरीकी साथीमाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ। कैलालीको घोडाघोडी नगरपालिका ६ की १४ वर्षिय बालिका आफ्नै सहपाठीका बुवा (नाताले फुपुका छोरा) बाट बलात्कृत भएको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बलात्कार आरोप लागेका ३३ वर्षका हर्कबहादुर कुँवर फरार छन्। भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ। आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्। बालिकाका आमाबुवा पहाड (अछाम) मा भएका बेला उनीमाथि बलात्कार भएको हो। कान्छा बाजेसँग बसेर स्कुल पढिरहेकी बालिकामाथि १३ गते बलात्कार भए पनि परिवारका सदस्यहरूले १५ गते मात्रै ईलाका प्रहरी कार्यालय सुखडमा खबर गरेको प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए। आमाबुवा पहाडमा रहेछन्, अनि बालिकाले प्रहरीलाई भन्दा पनि आफ्ना आमाबुवालाई खबर गरिछन्, बुवा पहाडबाट आएपछि मात्रै प्रहरीलाई खबर गरियो’,प्रहरी उपरिक्षक घिमिरेले भने। नाताले मामाभान्जा पीडित बालिकाका बाबु र आरोपी कुँवरबीच एक वर्षअघि जग्गा कारोबार पनि भएको थियो। कुवँरले पीडित बालिकाका बाबुलाई जग्गा बेचेका थिए। घटना हुँदाको दिन बालिकाका बाजे बाख्राको खोर भएको स्थानका सुतेकाले एक्लै घरमा भएकी बालिका माथि बलात्कार भएको प्रारम्भिक रुपमा खुलेको प्रहरीले जनाएको छ। बालिकाका बुबा आर्थिक अवस्था कमजोर भएका कारण कामका लागि भारत आवतजावत गर्छन्। यसपटक पनि केहीदिन अघि उनी भारतबाट आएर छोरीलाई भेटी अछाम गएका थिए। भदौ १३ गते रातीको घटनाबारे इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार मात्रै उजुरी आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। उनले उजुरी आए लगत्तै कुँवरलाई पक्राउ गर्न प्रहरी गए पनि उनी फरार भएको बताए। कुँवरमाथि प्रहरीले जबरजस्ती करणीको मुद्धा दर्ता गरी खोजीकार्य जारी राखेको छ। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे आइतबार घटनास्थल गएका छन्। उनले सादा पोशाकका प्रहरी परिचालित गरी कुँवरको तीब्र रुपमा खोजी भइरहेको बताए। ‘आरापीको पहिचान भइसकेको छ। प्रहरीको ठूलो युनिट खोजीमा खटिएको छ, छिट्टै पक्राउ परिहाल्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने।

२०७५ भदौ १७ गते १:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: