समाचारमा बालबालिका

सर्पले डस्दा बालिकाको मृत्यु

झापाको कचनकवलमा सर्पले डस्दा एक बालिकाको बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-२ निवासी तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। झापाको कचनकवलमा सर्पले डस्दा एक बालिकाको बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-२ निवासी तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उपरीक्षक बस्नेतका अनुसार घरमा सुतिरहेका अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो। सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जनाइएको छ। पूजा स्थानीय पथरिया मावि कक्षा ८ की छात्रा हुन्। बालिकाको मृत्यु भएपछि गाउँले बिहीबार घर छेऊको जंगलमा रहेका गोमन सर्पलाई मारेका छन्।

२०७५ भदौ १४ गते ४:५९ मा प्रकाशित