समाचारमा बालबालिका

पानी ट्यांकीमा खसेर बालकको मृत्यु

खेल्ने क्रममा घर भिक्रको पानी ट्यांकीमा खसेर आइतबार बागलुङमा एक बालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका– ७ घर भई हाल बागलुङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका धनबहादुर कार्कीका साडे २ वर्षीय छोरा सम्पन्न कार्कीको मृत्यु भएको हो। बिहान ११ बजे पानी ट्यांकीमा खसेका कार्कीको उपचारका क्रममा धौलागिरी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बालकको शवलाई पोष्टमाटमपछि परिवारको जिम्मा लगाइएको प्रहरि उपरीक्षक दीपक रेग्मीले बताए।

२०७५ भदौ १७ गते प्रकाशित