समाचारमा बालबालिका

खोलामा डुबेर बालकको मृत्यु

उदयपुरको कटारी नगरपालिका-२ मा रहेको तावा खोलामा डुबेर स्थानीय विनोद कुँवरका डेढ वर्षीय छोरा ऋषि कुँवरको मृत्यु भएको छ। सोमबार दिउँसो घर नजिकै रहेको तावा खोलमा खेल्ने क्रममा डुबेपछि स्थानीयले उद्धार गरी उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट टोली गई कानुनी प्रक्रिया पूरा गरी शवको कटारी अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको छ।

२०७५ भदौ १८ गते प्रकाशित