बालिका बलात्कारमा दोषी ६२ वर्षीय वृद्धलाई सात वर्ष जेल
जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र-८ घर भई उदयपुरको बेलुका नगरपालिका-३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायको फैसला सुनाएको छ । अदालतले स्थानीय १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई सात वर्ष जेल सजायको फैसला गरेको हो । न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताए । २०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
२०७५ भदौ १८ गते ६:३१ मा प्रकाशित