समाचारमा बालबालिका

ढुंगाले लागेर किशोरीको मृत्यु

अछाममा ढुंगा लागेर आइतबार एक किशोरी मृत्यु भएको छ । चौरपाटी गाउँपालिका-४ पायलका १५ वर्षीया भगवती धामीको मृत्यु भएको स्थानीय धनबहादुर धामीले जानकारी दिए । स्थानीय पारी वन भन्ने जंगलबाट दाउरा ल्याउने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा लागेर गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनबहादुरको भनाइ छ ।

२०७५ भदौ १७ गते ७:४७ मा प्रकाशित