A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionoevti2ggvvjin3aqdf01lfj7bfn82t3v): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको जोखिममा बालिका बढी

दैलेखकी ८ वर्षीया रीना (नाम परिवर्तन) का सहोदर दाजु दाङमा टिपर चलाउँथे। उनले बहिनी रीनालाई पढाइका लागि भन्दै दाङमै ल्याउने इन्तजाम गरे । दाङमा राम्रो पढाइ हुने भन्दै दाजुले गरेको प्रस्ताव रीनाका लागि निकै चित्तबुझ्दो थियो। दाजुबहिनी दाङमा एउटै कोठामा बस्न थाले। सहोदर दाजुका भरमा दाङ पढ्न आएकी रीनाले दाजुमाथि शंका गर्ने कुरै भएन। दाजु हरेक रात मदिरा पिएर आउँथे। गत चैत २२ गतेको रात मदिराले मातेका उनी बहिनीमाथि जाइलागे। बहिनीका बिन्तीभाउलाई दाजुले मानेनन्। उनले आफ्नै बहिनीलाई त्यो रात जबर्जस्ती गरे। रीनाको चिच्याहटले छिमेकीहरू जागे। कोठामा पुग्दा रीना रक्ताम्य भएर अचेतावस्थामा पल्टिरहेकी थिइन्। ती बहिनीलाई तत्काल उपचारका लागि ल्याइयो। उनको अवस्था दाजुले धेरै नाजुक बनाइदिएका थिए,’ एक स्थानीयले भने, ‘उनको योनी च्यातिएको थियो, चारवटा टाँका लगाइयो। बहिनी बलात्कार गर्ने दाजुविरुद्ध परिवारले मुद्दा दर्ता ग(यो। अहिले बलात्कारका अभियुक्त दाजु पुर्पक्षका लागि थुनामा छन्। घोराहीकी ११ वर्षीया रमा (नाम परिवर्तन) लाई छिमेकमा रहेका एक ८२ वर्षीय वृद्ध आफ्नै बाजेसरह लाग्थे । उनी ती छिमेकीको घरमा सधैंजस्तो गइरहन्थिन्। ती वृद्धको मनमा पाप पलायो । उनले रमालाई घरमा कोही नभएका बेला बोलाए र गत वैशाख ८ मा बलात्कार गरे। रमाले बाजेजस्तै वृद्धले गरेको कुकृत्यका बारेमा मुख खोलिनन् । तर, सतर्क भने बनिन् । आफूलाई लिएर रमा सतर्क बन्न थालेपछि वृद्धको नजरमा रमाकी बहिनी ६ वर्षीया सीतामाथि प(यो । एक दिन उनले सीतालाई पनि घरनजिकै खेल्नेक्रममा भित्र बोलाएर दुष्कर्म गरे । त्यसको केही समयपछि उनी रमाकै चार वर्षीया बहिनीमाथि जाइलागे। वृद्धले गरेका कुकर्मका बारेमा ती बालिकाले परिवारलाई सुनाइन्। ती वृद्धविरुद्ध बलात्कारको मुद्दा दर्ता भयो। तीन दिदीबहिनीलाई गत वैशाख ८ गते देखि २४ गतेसम्म पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले ती वृद्धलाई नियन्त्रणमा लियो। अदालतले उनलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडेको छ।

तुलसीपुरकी सबिना (नाम परिवर्तन) की आमा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा थिइन्। आमा विदेशमा रहेका बेला घरमा बाबुछोरी मात्रै थिए । छोरीमाथि बाबुको नजर फरक हुँदै आयो। अन्ततः गत चैत ३० गते उनले १३ वर्षीया छोरीलाई जबर्जस्ती गरे। बाबुले आफूमाथि गरेको कुकृत्यका बारेमा सबिनाले विदेशमा रहेकी आमालाई सबै कुरा सुनाइन्। आमा विदेशबाट बिदा मिलाएर घरमा आइन्। आमा विदेशबाट आउँदासम्म सबिना बाबुको बलात्कारमा धेरैपटक परिसकेकी थिइन्। विदेशबाट आएलगत्तै वैशाख २३ गते आमाले जाहेरी दिइन् । अदालतले असार १० गते छोरीमाथि बलात्कार गर्ने बाबुलाई बीस वर्ष जेल सजायको फैसला सुनायो भने ४५ हजार रुपैयाँ क्षतिपूर्ति समेत तोकिदियो। बालिकामाथि बलात्कार भएका यी घटना सात महिनायता भएका हुन्। यो अवधिमा जिल्लामा बलात्कारका ४१ वटा घटना भए । घटनाका पीडितको संख्या हेर्ने हो भने बालिकाको संख्या अत्यधिक छ । बलात्कारका ४१ घटनामा ३३ बालिका पीडित बनेका छन् । जिल्लामा बालिकामाथि विद्यालयमै बलात्कार प्रयासका घटनासमेत भएका छन्। तुलसीपुरस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत एक बालिकालाई ६ जनाले सामूहिक बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको छ। विद्यालय आउजाउ गर्दा बाटामा पर्ने जंगलमा त्यो ६ जनाको समूहले बालिकामाथि दिनहुँ बलात्कार प्रयास गरिरहन्थ्यो। घरमा वा विद्यालयमा जानकारी दिएमा विद्यालय जानै नदिने तथा मार्ने धम्की दिने त्यो समूहका अगाडि ती बालिका त्रसित बन्थिन् । एक दिन सोही समूहले निलडाम हुनेगरी बालिकाको शरीरका विभिन्न भागमा टोकेको परिवारले देख्यो। परिवारले सोधीखोजी गरेपछि ती बालिकाले सबै कहानी सुनाइन्। परिवारले प्रहरीमा उजुरी दियो र अहिले ६ जनामध्ये एकजना फरार छन् भने बाँकी पाँचजनामाथि मुद्दा चलिरहेको छ। तुलसीपुरस्थित एक अर्को विद्यालयमा ८ वर्षीया बालिकालाई बलात्कार प्रयास गरिरहेका एक विद्यार्थीलाई नियन्त्रणमा लिइयो। घटनापछि लेनदेनमै टुंग्याउने गरी सहमति गराइएको छ। महिला अधिकारकर्मी सुष्मा गिरीले पछिल्लो समयमा बलात्कारको जोखिममा बालिका अत्यधिक पर्दै गएको बताउँछिन्। साना बालिका ललाइफकाइमा पर्ने र त्यसको मौका बलात्कारीले सहजै पाउने गरेको उनको भनाइ छ। ‘साना बालिकाको बुद्धि अलिक काँचो हुन्छ, ललाइफकाइमा सजिलै पर्छन्, उनीहरूलाई यौन सम्पर्कका बारेमा जानकारी हुन्न,गिरी भन्छिन्, अनि त्यसको फाइदा बलात्कारीले लिन्छन्, बालिकामाथि हुने बलात्कारको एउटा प्रमुख कारण यो पनि हो। 

उनले भनेजस्तै लमहीमा गत चैत ८ मा एक पुरुषले टिभी देखाउने प्रलोभनमा पारेर ८ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका छन्। टिभी हेर्नका लागि बोलाएका ती पुरुषले बालिकाको कपडा फुकाल्न थालेपछि उनी रुँदै बाहिर निस्केपछि घटनाबारे छिमेकीहरूले थाहा पाए । अहिले बलात्कार प्रयास गरेका ती व्यक्ति पुर्पक्षका लागि थुनामा छन्। अधिकारकर्मी गिरीले बलात्कारविरुद्ध सचेतनाका लागि विद्यालय तहमा महिला हिंसाविरुद्धका विषयवस्तु पठनपाठन हुनुपर्नेमा जोड दिन्छिन्। ‘स्वाभावले पनि बालकभन्दा बालिका प्रजनन र यौन शिक्षा बारेमा खुलेर बोल्न नसक्ने र लाज मान्ने गर्छन्,उनले भनिन्, ‘बलात्कारविरुद्ध सचेतनाका लागि यससम्बन्धी विषयवस्तु शिक्षण सामग्रीमै समावेश गरिनुपर्छ।

२०७५ भदौ १७ गते ९:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: