समाचारमा बालबालिका

सर्पको टोकाइबाट बालिकाको मृत्यु

सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। शनिबार सुर्खेतको पञ्चपुरी नगरपालिका-४ मा सर्पको टोकाइबाट बालिका लक्ष्मी शाहीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका ४ बराईचे की शाहीको सर्पले टोकेर मृत्यु भएको हो। ‘बिहान सर्पले कोटेको रहेछु जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले भने, ‘उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।’उनीसँगै पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। सर्पको टोकाइबाट गएको साउन २२ गते मात्रै पञ्चपुरी नगरपालिका-१० की १४ वर्षीय हरिकला उपाध्ययले पनि ज्यान गएको थियो।

२०७५ भदौ १६ गते प्रकाशित