A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, झोलामा शव भेटियो

काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव भेटियो । उनको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र एेसके छन् । उनी होटल सञ्चालकका ड्राइभर हुन् । एक महिनाअघिबाट मात्रै उनी प्रवीणको होटलमा काम गर्न थालेका थिए । बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेका थिएनन् । प्रहरी स्रोतका अनुसार मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको एेसकेले प्रारम्भिक बयान दिएका छन् । यद्यपि, के कारण हो भन्ने विषय निक्र्यौल भइसकेको छैन ।थप अनुसन्धान जारी छ ।प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । यसअघि २१ साउनमा काठमाडौंको काँडाघारीमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । जसमा संलग्न दुई जना प्रहरी इन्काउन्टरमा मारिएका थिए।

२०७५ मंसिर १३ गते १०:१३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: