A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncli4t1c9fthkrvuo48a7po0fprjs4sep): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रदेश २ मा कुपोषणको अवस्था भयाभह

प्रदेश २ मा कुपोषणको अवस्था भयावह रहेको पोषणका लागि नागरिक समाज संजाल नेपाल (सिसान) को एक तथ्यांकले देखाएको छ। सिसानले आयोजना गरेको संचारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा देशको ७ वटै प्रदेशभन्दा प्रदेश २ को भयाभह रहेको तथ्यांकले देखाएको हो। प्रस्तुत तथ्यांकअनुसार प्रदेश २ का बालबालिकामा ३७ प्रतिशतमा पुडकोपन, १४.४ प्रतिशतमा ख्याउटेपन देखिएको छ। त्यसैगरी ३६.८ प्रतिशत बालबालिकामा कमतौल, ५९.४ रक्तअल्पता रहेको छ जसमध्ये महिलामा ५७.८ प्रतिशत रहेको छ। प्रस्तुत तथ्यांकमा अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी भयाभह अवस्था प्रदेश २ मा रहेको देखाएको छ। कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक हेमन्त झाले सही पोषणको कमीले प्रदेश २ को पोषण स्थिति भयावह हुन पुगेको दाबी गरे। उनले प्रदेश २ मा सबै कुराको उपलब्धता रहे पनि जनचेतनाको अभावले बालबालिका कुपोषणको शिकार हुने गरेको उल्लेख गरे। नेपाल जनसांख्यकीय सर्वेक्षण २०१६ अनुसार ५ वर्ष मूनिका ३६ प्रतिशत बालबालिका दीर्घ कुपोषण तथा पुड्कोपनबाट प्रभावित भएका छन्। यसैगरी १० प्रतिशतमा ख्याउटेपन र २७ प्रतिशत कम तौलको कारणले पीडित भइरहेका छन्। त्यसैगरी ६ महिनादेखि ५ वर्ष मूनिका ५३ प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको पाइएको छ। उनले धनुषा जिल्लाका १८ वटा स्थानीय तहहरूमध्ये हालसम्ममा जनकपुरधाम उप-महानगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका, मिथिला बिहारी नगरपालिका र औरही गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना लागूसमेत हुन नसकेको जानकारी दिए। एउटा कुपोषित बच्चाले युवा भएर कुपोषित बच्चा नै जन्माउने भएकाले समस्या अझै बल्झिने भएकोले समयमै समस्या समाधानका लागि खानपानमा उचित ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो। प्रदेश २ का आठ जिल्लामध्ये सिरहावाहेक सबै जिल्लामा बहुक्षेत्रीय पोषण योजना लागू गरिएको छ।

२०७५ मंसिर १५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: