समाचारमा बालबालिका

११ वर्षीया बालिकालाई करणी गर्न खोज्नेक ७५ वर्षीय पक्राउ

बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा धरान उपमहानगरपालिका-८ का ७५ वर्षीय वृद्ध प्रेमबहादुर भुजेल पक्राउ परेका छन्। बिहीबार छिमेकी ११ वर्षीय बालिकालाई जबरजस्ती गर्न खोजेपछि भुजेललाई इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका भुजेलले बालिकालाई नियन्त्रणमा लिएर जबरजस्ती गर्न खोजेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमनकुमार तिम्सिनाले बताए। बालिकाका बुवाले बिहीबार नै इलाका प्रहरी कार्यालयमा भुजेल विरुद्ध जबरजस्ती करणी उद्योग अन्र्तगत जाहेरी दर्ता गराएका छन्। भुजेल विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको तिम्सिनाले बताएका छन्।

२०७५ मंसिर १३ गते ४:४२ मा प्रकाशित