A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionp4cr7tcrr21n5srcbl9vb91l4876rg8f): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुल जाँदा गाग्री बोक्नुपर्ने बालबालिकाको बाध्यता हट्यो

पर्वतको महाशिला गाउँपालिका-१ होश्राङदी शुभद्रीखर्कका बालबालिकाहरू बिहान विद्यालय जाँदा विद्यालय पोसाकमा डोकोमा रित्तो गाग्री हाल्ने अनि त्यही डोकोमा झोला दैनिकी नै बनेको थियो। अपराह्‍न विद्यालयबाट घर फर्किँदा तिनै रित्ता गाग्रीमा पानी भर्ने अनि डोकोमा पानीले भरिएका गाग्री र झोला राखर घर फर्किने गरेका थिए। पश्चिम नेपाल ग्रामिण खानेपानी योजनाको सहयोगमा गाउँका घर घरमा पानीका धारा जडान भएपछि दुई घण्टा टाढाको कालीगैह्रा पुग्नुपर्ने समस्या टरेको छ। एक गाग्री पानीका लागि २ घण्टासम्म हिँडेका होस्राङदीबासीले ९० दिनसम्म श्रमदान गरेर घरघरमा पानी ल्याएका हुन्। कुल १ करोड ७७ लाख ८ हजार ३ सय ३१ रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएको हो। आयोजनामा २५ प्रतिशत अर्थात् ४२ लाख बराबरको श्रमदान स्थानियबासीले गरेको महाशिला–१ का अध्यक्ष ईश्वरी भूषालले जनकारी दिए। आयोजनामा एक घरधुरी अर्थात् लाभग्राहीले ९० दिनसम्म श्रमदान गरेका छन्। ‘पानीको चरम समस्याबाट मुक्ति पाउन हरेक घरले तीन महिना सम्म श्रमदान पनि गरेका छन्’ अध्यक्ष भुसालले भने, ‘विद्यार्थी र महिलाको बिहान र बेलुकाको समय दुई गाग्री पानी बोक्दैमा बित्ने अवस्थाबाट मुक्ति मिलेको छ।’ एक घर एक धारा कार्यक्रम अन्तर्गत ८७ घर र एक स्कूलले अहिले यही आयोजनाको पानी प्रयोग गर्न शुरु गरेका छन्। करिब २ घण्टा गाग्रीमा पानी बोकेर दैनिकी चलाउँदै आएका महाशिला गाउँपालिका–१ होस्राङ्दीका जमपुर, गढी र पैयूँकोटबासीले वर्षौँदेखि भोग्दै आएको यो समस्या समाधान भएपछि गाउँबासीमा पनि खुसीयाली छाएको छ। होस्राङ्गदीका यी गाउँमा नजिकै पानीको मुल नभएकोले पानी लिनका लागि दुई घण्टा तल पर्ने कुवा र खोल्साहरुमा जानुपर्ने बाध्यता थियो। गाउँमा खानेपानीको अभाव भएपछि एक दशक पहिले निर्माण गरिएका सिमेन्टका घैंटाहरु पनि फुटेका थिए। वर्षा याममा आकाशको पानी जम्मा गरेर हिउँदमा प्रयोग गर्न बनाइएका घैंटाहरु कम गुणस्तरका बनेका कारण एक दशकमै काम नलाग्ने गरी फुटेका थिए।होस्राङ्गदी लिफ्ट खानेपानी योजनाको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उनले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका होस्राङ्गदीबासीले राहत पाएको बताउँदै पर्वतमा अबको पाँच वर्षमा एकघर एक धारा सबै घरधुरीमा पुग्ने आश्वासन दिए।

२०७५ मंसिर १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: