A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiontd7c3r1h9m2ltmvsi8h6fg8l7r5qa7jd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा निस्शुल्क प्याड, विश्राम कक्ष र औषधि : महिनावारी हुँदा अब कक्षा छुट्दैन

सल्यानको कपुरकोटमा रहेको किमुचौर माविमा अध्ययनरत छात्रा सृजना सेर्पाईलीले आफ्नो विद्यालयमा विश्राम कक्ष स्थापना भएको भन्दै अब विद्यालयमा नियमित उपस्थित हुन समस्या नहुने बताएकी छिन् । महिनावारी भएको बेलामा पेट दुख्ने समस्या र दिनमा पटक पटक आवश्यक पर्ने प्याडको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमा विश्राम कक्ष स्थापना भएपछि उनी अब विद्यालय नियमित हुने कुरा सम्झेर खुशी भएको बताउँछिन् । विद्यालयमा विश्राम कक्ष स्थापनासँगै दुखाई कम गर्ने औषधी, निशुल्क रुपमा स्यानेटरी प्याड र अन्य प्राथमिक औषधीको समेत व्यवस्था गरेको उनले बताइन् । उनीजस्तै यस विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ६९ जना छात्राहरुलाई महिनावारी भएको बेला विद्यालय अनुपस्थित हुने समस्या टरेको छ । विश्राम कक्षमा कुनै पनि छात्राले महिनावारी भएको बेला गएर आराम गर्न सक्ने, स्यानेटरी प्याड प्रयोग गर्न सक्ने र अत्यधिक दुखाइ भएमा औषधिसमेत सेवन गर्न सक्ने व्यवस्था रहेको छ ।‘पहिले पहिले महिनावारी भएको बेला छात्राहरू स्कुलमा आउँदैनथे । आएपनि पेट दुखेको छ भनेर बिचमै कक्षा छाडेर घर जाने गर्दथे,’ उनले भने, ‘अब महिनावारी भएका छात्रा निर्धक्कसँग विश्राम कक्षमा गएर आराम गर्न सक्छन्, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सिट्टीसाप विष्टले भन्नुभयो ।

प्रअ विष्टले कपुरकोट गाउँपालिकाले यहाँका सबै माध्यमिक विद्यालयमा महिनावारी हुने छात्राहरूको समस्यालाई मध्यनजर गर्दै विश्राम कक्ष निर्माण गरिदिएको भन्दै धन्यवाद दिएका छन् । विश्राम कक्षका लागि कपुरकोट गाउँपालिकाभित्रका पाँचवटा माध्यमिक विद्यालयहरूले एउटा छुट्टै कोठाको व्यवस्था गरेका छन् । ‘हामीले छात्राहरुका लागि एउटा छुट्टै कोठाको व्यवस्था गरेका छौं,’ भवानी माविका प्रअ दल बहादुर खड्काले भन्नुभयो, ‘जसमा गाउँपालिकाले आराम गर्नका लागि बेड, स्यानेटरि प्याड, प्रयोग गरेको प्याड राख्ने भाँडा, टाउको, पेट दुखेमा, ज्वरो आएमा, चोटपटक लागेमा पा्रथमिक उपचार गर्ने आवश्यक औषधि र सामग्रीहरूको व्यवस्था गरिदिएको छ । उहाँले आप्mनो विद्यालयमा कक्षा ९ र कक्षा १० मा ६८ छात्राले सुविधाको प्रयोग गर्ने गरेको बताउनुभयो । यहाँ रहेका पाँचवटै माविमा कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुलाई मध्यनजर गर्दै हामीले विश्राम कक्षका लागि सामग्री हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेष गरी पहिलोपटक महिनावारी हुने छात्रालाई बढी पीडा हुन सक्छ । विद्यालयमा रहेको बेला महिनावारी भएमा छात्राहरू निकै समस्यामा पर्ने गर्छन् । यही समस्या नहोस् भनेर हामीले छात्रा विश्राम कक्षको स्थापना गरिदिएका हौँ।’कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने आफ्नो चाहना रहेको जनाउँदै अध्यक्ष सेनले अब अभिभावकले पनि महिनावारी भएको बेलामा छात्रालाई विद्यालय पठाउनु पर्ने बताउनुभयो । सल्यानका धेरैजसो विद्यालयमा शौचालय तथा आराम गर्ने ठाउँ नहँुदा छात्राहरूले निकै समस्या व्यहोर्ने गरेका छन् । महिनावारी भएको बेला पाँचरछ दिनसम्म स्कुल नआउने समस्या रहेको कालिका माविका प्रअ चुडामणी केसीले बताउनुभयो । उहाँले त्यस विद्यालयमा पनि छात्राहरुका लागि विश्राम कक्ष निर्माण गरेको र एक–दुई दिनभित्रै सबै सामान गाउँपालिकामा गएर ल्याउने जानकारी दिनुभयो । यस्तो कार्य प्रभावकारी भएको भन्दै विद्यालयहरूले कपुरकोट गाउँपालिकाको प्रशंसा गरेका छन् ।गएको वर्ष अन्तरराष्ट्रिय बालिका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले विद्यालयमा छात्राहरूलाई आराम गर्ने कोठा निर्माण गरिने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसै अनुरुप हरेक विद्यालयमा किशोरीमैत्री शौचालय, विश्राम कक्ष र सेनेटरि प्याडको व्यवस्था गरिएको उहाँले बताउनुभयो । महिनावारी भएको बेलामा दैनिक सरफाइ गर्नुपर्ने र सन्तुलित खानाका साथै आरामको व्यवस्था गराउनु पर्ने बारेमा विद्यालयस्तरमा जनचेतना फैलाउने कार्य पनि गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालको भनाई छ । अहिलेसम्म पनि महिनावारी भएको बेलामा लाज मान्ने, खुलेर कुरा गर्न नसक्ने र सरफाइमा समस्या आउने भएकोले धार्मिक सँस्कारभन्दा पनि सरसफाईमा जागरुक गराउनु पर्ने उहाँको भनाई छ ।

२०७५ मंसिर १२ गते ६:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: