A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session99b8c2b46ngseu4ejqltne0plikee3e5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तराइ–पहाड जोड्दै नेपाल भाषा

काठमाडौंको गणबहालमा रहेको नेपाल आदर्श माविका कक्षा ४ का विद्यार्थी र शिक्षक अचेल नेवारीमा वार्ता गर्छन्। बिहीबार दिउँसो स्कुलमा पुग्दा नेपाल भाषा शिक्षिका सरस्वती तुलाधार नेपाल भाषाको पुस्तक लिएर कक्षामा प्रवेश गर्दा पनि विद्यार्थीसँग नेवारीमै कुरा गरिन्। उनी कक्षा प्रवेस गर्नासाथ विद्यार्थीले दुवै हात जोडेर ‘जोजोलपा’ अर्थात नमस्ते भने। शिक्षिकाले पनी अभिवादन फर्काउँदै ‘फयतु’ अर्थात बस्न भनिन्। कक्षा ४ मा करिब २५ भन्दा बढी विद्यार्थी उपस्थित थिए। कक्षामा तर नेवारी समुदाय भन्दा तराइका विद्यार्थीको बाहुल्यता थियो।काठमाडौंमा नेवारी समुदायको बाहुल्यता छ। व्यपार व्यावसायलगायत दैनिक काम कर्तव्यका लागि समेत नेवारी भाषा बोल्नु अपनत्वको महसुस हुने भएकाले नै स्कुलका अभिभावकहरुले नै नेपाल भाषा पठनपाठनको माग गरेको बताइएको छ। शिक्षिका सरस्वती तुलाधरले भनिन्, ‘बच्चाहरु घरमा नेवालीमा बोल्दा आमाबुवा पनि दंग पर्दा रहेछन्।’ उनले अनुभव सुनाइन्, ‘कक्षा २ देखि ४ सम्मलाई मैले नेपाल भाषा पढाउँछु। मधेशी, जनजाती र पहाडी समुदायका बच्चाहरु रमाइलो मानेर भाषा सिकिरहेकाछन्।

कक्षा ४ मा पढिरहेका बाराका धिरज साहले आफूले कक्षामा सिकेका नेपाल भाषा घरमा बोल्दा आमा दंग परेको सुनाए। ‘म घरमा गएर आमासँग नेवारी भाषामा बोल्छु। म नेपारीमा बोलेको देखेर उहाँ खुसी हुनुहुन्छ,’ मातृभाषा भोजपुरी भएका धिरजले नागरिकसँग भने, ‘आमाको सानो व्यपार छ। आमाले मलाई साथीहरुसँग पनि नेवारी बोल्न भन्नुहुन्छ। उनले विद्यार्थीलाई लेखाई, बोलाइ, सुनाइ, पढाई, अभिनय, ड्रमा लगाएतको शिक्षण सिकाई विधिबाट नानीहरु छिटो नेपाल भाषा सिक्ने गरेको तुलाधारको अनुभव छ। सरकारले विद्यालय शिक्षाको ब्यवस्थापनको जिम्मेवारी स्थानिय सरकारलाई दिएसँगै काठमाडौं महानगरपालिका शैक्षिक सुधारमा जोडतोडसाथ अघि बढेको छ। महानगरपालिकाले बैशाख १ गतेदेखिनै कार्यन्वयनमा हुने गरि स्थानीय तहको पाठ्यक्रम समेत निर्माण गरेको छ। जसमा स्थानीय भाषा संरक्षण र पुरातात्वीक बस्तुहरुको जगेर्णा गर्न कक्षा १–५सम्म नेपाल भाषा अनिवार्य कार्यन्वयन गरेको छ। भाषा पठनपाठन र शिक्षक तथा पठन समाग्रीको ब्यवस्थापनको जिम्मेवारी नेवाःस्यनामी संस्थालाई दिएको छ। नेपाल आदर्शका प्रधानाध्यापक एवं संस्था सचिव बरुणप्रसाद बैद्यले काठमाडौं महानगरका २५ सरकारी स्कुलहरुमा कक्षा १–५ सम्म अनिवार्य रुपमा नेपाल भाषा पठनपाठन भइरहेको बताए। उनले काठमाडौंमा अध्ययन गर्न आउने, ब्यापार ब्यवासय गर्न र बसोबास गर्नेहरुले समेत नेवारी भाषा बोल्दा सहज रुपमा काम गर्न सक्ने वातावरण भएकोले पनि नेपाल भाषाको सार्थकता रहेको जनाए। ‘चालु शैक्षिक सत्रकोलागि महानगरले संस्थालाई २५ स्कुलमा नेपाल भाषाको पठनपाठनको ब्यवस्थापनकोलागि ३० लाख रुपिया निकासा गरेको छ,’ बैद्यले नागरिसँग भने ‘नेपाल भाषामा जुनसुकै शैक्षिक प्रतियोगिता हुदा नेवारी समुदायको भन्दा मधेशी र ब्रहमणक्षेत्री तथा जनजातिकै बच्चाले नेवारी भाषा राम्ररी बुझेर प्रतियोगिता जित्ने गरेको प्रबृति देखिन्छ। ’ उनले थपे ‘बरु स्थानिय नेवारी समुदायका नानीहरुले नेवारी भाषामा भन्दा अंग्रेजी भाषामा बढी जान्छन्। यसै शैक्षिक सत्रदेखि कालिमाटिमा रहेको निलबाराही माविका अभिभावकहरुले समेत नेपाल भाषा पठनपाठनको माग गरेपछि स्कुले कक्षा १ देखि सुरु गरेको स्कुलकी प्रधानाध्यापक जानुका नेपालले बताइन्। ‘निलवाराहीमा मधेशी र साना ब्यापारी समुदायकै नानीहरुको बाहुल्यता छ,’नेपालले सुनाइन्‘अभिभावकहरुले नेवारी भाषाको माग गरेपछि मैले पनि यही वर्षदेखि कक्षा १मा सुरु गरे। विस्तारै कक्षा ५ सम्म कार्यन्वयन गर्दै जान्छु।’ उनले नेपाल भाषा पठनपाठन सुरु गरेपछि नानी लिन आउने आमाहरु समेत दैनिक प्रयोग हुने शब्दबारे रुचिसाथ शिक्षकहरुसँग सोधिखोजि गरि सिक्ने जिज्ञासा राख्ने गरेको सुनाइन्। ‘ नेपाल भाषाले तराई र पहाडलाइ जोड्दै गएको छ ,’ प्रधानाध्यापक नेपालले भनिन्।
यति मात्र होइन परोपकार माविका प्रधानाध्यापक मोहनबहादुर श्रेष्ठ नेपालीका अनुसार यो स्कुलमा पनि कक्षा १–५सम्मै नेपाल भाषा पठनपाठन हुन्छ। अभिभावक र विद्यार्थीहरु निकै प्रभावित छन्। यो स्कुलमा पनि मधेशी र ब्राहमण क्षेत्रीकै बालबालिकाले नेवारी भाषा अध्ययन गरिरहेका छन्। उनका अनुसा स्कुलभरिनै २ प्रतिशतको हाराहारिमा मात्र नेवारी समुदायका नानीहरु अध्ययनरत छन्। उनले नेवारी भाषा जान्दा अपनत्वको अनुभुति हुने बताउँदै विशेष गरि काठमाडौंमा बस्नेहरुले नेवारी भाषा जान्नैकोलागि पनि नानीहरुलाई भाषा सिकाउन खोजेको अनुभव सुनाए।‘म हिजो मात्र भोटाहिटिमा एउटा ज्याकेट किन्न गएको थियो। पसलेले भाउ भन्यो,’ उनले सुनाए‘मलाई नेवार जस्तो लागेर मैले पनि नेवारी भाषा बोले। त्यसपछि उसले भाउ त निकै घटाइदियो। काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले महानगरले ३० बुँदे शैक्षिक सुधारको सोचमा पाठ्यक्र विकास केन्द्रले निर्माण गरेको नेपाल भाषाको स्थानिय पाठ्यपुस्तक बैशाख १ गतेदेखिनै सबै स्कुलहरुमा कार्यन्वयन गरिने बताए।‘महानगरका सबै सरकारी र निजी विद्यालयहरुमा कक्षा १–५सम्म स्थानिय भाषामा नेपाल भाषा अनिवार्य पठनपाठन गराइनेल निणय भएको छ,’कोइरालाले भने‘काठमाडौंको इतिहास र संस्कृतिसँग नेपाल भाषा जोडिएको छ। पुरातात्विक विषयबस्तुहरु सबै नेपाल भाषामै छन्।’उनले थपे‘नेपाल भाषाको जगेर्णा गर्न र पुरातात्विक महत्वका विषयबस्तुहरुको संरक्षण गर्न स्कुलहरुमा प्राथमिक तहमा नानीहरुले सिक्ने गरि प्रचलित लिपिमै नेपाल भाषा पठनपाठन गराइने छ।

२०७५ मंसिर १० गते ८:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: